सिमानामा हजाराैं नेपाली खुला आकाशमुनी अलपत्र, सरकार कहाँ छाै (फोटो फिचर)
काठमाडौं,२८ बैशाख । कोरोना भाइरस रोगको संक्रमण बढिरहेका बेला भारतबाट विभिन्न नाका हुँदै नेपाल प्रवेश गर्ने क्रम रोकिएको छैन । दशगजामा सयौं नेपालीहरु खुला आकाशमुनि बसिरहेका छन् । उहाँहरु रुखको फेदमा ओत लागेर बसिरहनुभएकाे छ। अस्थायी टेन्टको व्यवस्था गरिएको भएपनि पटकपटक हावाहुरीले उडाउदै आएको छ ।
कपिलवस्तु नजिकका सिमाहरुमा ३ दिनदेखि करिब ७ सय नेपाली फसिरहेका छन् । केहीलाई सामान्य टेन्टमा भीडमा राखीएको छ । लामखुट्टेको बिगबिगी रहेकाले फसेकाहरुलाई डेंगीको समेत संक्रमण हुने समस्या देखिएको छ । नेकपा ५ नम्वर प्रदेश कमिटि सदस्य मिर्जा अरशदले बेगले सिमामा अलपत्र परेकालाई क्वारेन्टाइनको व्यवस्था नगरेकाले भागेर गाउँपस्ने सम्भावना रहेको बताउनुभयो ।
सिमाका फसेकाहरुको परिवारहरु उहाँहरुलाई खाना पुर्याउन आउन जाने क्रम चलिरहेकाले कोरोनाको संक्रमणको खतरा उच्च रहेको मिर्जाले बताउनुभयो । भारतकाे बढनी र कृष्णनगर लक्ष्मीनगर बीचमा ५० जना स्थानिय सिमामा नै अलपत्र परेको र यो समस्याको तत्काल समाधान नगरे फसेकाहरु भागेर गाँउ पस्ने डर रहेको बताउनुभयो ।
सिमामा फसेकाहरु भारतको रेड जोनबाट फर्किएकाहरु रहेका हुन् । कपिलवस्तुमा ५ जनाको कोरोनाको संक्रमण पुष्टि भएको छ । हाल नेपालमा संक्रमितको संख्या ११० पुगेको छ । सयौं नेपालीहरु सिमामा फसिरहदा उनीहरुले सरकार रहेको महसुस गर्न पाएका छैनन् । उनीहरुलाई न क्वारेन्टाइनको व्यवस्था छ नत स्वास्थ्य परीक्षणको नै ।
अलपत्र परेका र उहाँहरुका परिवार ओक्रोशित हुँदा सुरक्षाकर्मीहरुसंग मुडभेडको अवस्था सृजना हुने देखिएको छ । उहाँहरुले भनिरहेका छन् क्वारेन्टाइनको व्यवस्था गर सरकार । तर यस विषयमाा माथिल्लो निकायबाट कुनै आदेश नआएको सुरक्षाकर्मीहरुले बताउनुभयाे ।
तपाईँको अभिमत