नेपालगञ्जमा एकैदिन २३७ जनाको स्वाब संकलन
काठमाडौं,२७ बैशाख । नेपालगञ्जमा अहिलेसम्मकै सबैभन्दा बढी मानिसको नाक र घाँटी भित्रबाट र्याल (स्वाब) संकलन गरिएको छ । प्रयोगशालाकर्मीहरुले नेपालगञ्जको टाँगा स्टेशन र जामे मस्जिदबाट २३७ जनाको स्वाब संकलन गरेका हुन् । नेपालगञ्जका कोरोना भाइरस रोग संक्रमितहरुको सम्पर्कमा रहेकाहरुको स्वाब निकालिएको हो ।
भेरी अस्पतालका ल्याब टेक्निसियन प्रसिद्ध ढकाल,केशव ज्ञवाली,शेरबहादुर साही र चिरञ्जीवि ज्ञवालीको टोलिले टाँडा स्टेशनबाट १६२ र जामे मस्जिदबाट ७५ जनाको स्वाब संकलन गरेको हो । नेपालगञ्जमा यी ४ जना प्रयोगशालाकर्मीले सुरु देखिनै स्वाब संकलन गरिरहनुभएको छ ।
आज नेपालगञ्जका मेयर धबल समशेर राणाको स्वाब निकालेर अन्यको स्वाब निकाल्न सुरु गरिएको ल्याब टेक्निसियन ढकालले जानकारी दिनुभयो । उहाँले १६२ जनाको स्वाब परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं पठाइएको बताउनुभयो ।
हेल्थपाटी 
तपाईँको अभिमत