संक्रमितको सम्पर्कमा आएका ५ हजार ३२० को पिसिआर परीक्षण गरिने
काठमाडौं,२७ बैशाख । पछिल्लो समय कोरोना संक्रमण देखिएका ४ जिल्लाबाट ५ हजार ३२० जनाको नाक र घाँटी भित्रबाट र्याल(स्वाब) संकलन गरिने लक्ष्य राखिएको छ । ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र सेनाको संयुक्त टोलिले प्रदेश नम्वर १ को उदयपुर र प्रदेश नम्वर २ को रौतहट,पर्सा र बाराबाट अबको तीन दिनमा संक्रमितको सम्पर्कमा आएका ५ हजार ३२० को स्वाब संकलनगरि पिसिआरबाट कोरोनाको परीक्षण गर्न लागेको हो ।
प्रदेश नम्वर १ मा देशभरकै धेरै ३४ जनामा कोरोना पुष्टि भएको छ भने प्रदेश नम्वर २ मा ३१ जनामा कोरोना पोजेटिभ देखिएको छ । स्वास्थ्य तथा मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले हिजैदेखि संयुक्त स्वास्थ्यकर्मीको टोलिले स्वाब संकलन गरिरहेको र हालसम्म ४ सय जनाको स्वाब संकलन गरिसकेको जानकारी दिनुभयो । उहाँले हाल ५० हजार कोरोना परीक्षण किटको मौज्दात रहेकाले किट अभाव नरहेको र परीक्षणलाई बढाईने बताउनुभयो । उहाँले ट्रेसिङको काम जारी रहेको बताउनुभयो ।
हेल्थपाटी 
तपाईँको अभिमत