निको भएका बिरामीमा दोहोर्याएर कोरोना पोजेटिभ देखिनु पुनः संक्रमण होइन : विश्व स्वास्थ्य संगठन
काठमाडौं,२७ बैशाख । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले एक पटक ठीक भएका बिरामीमा पुनः कोरोना भाइरस रोग पोजेटिभ देखिनु पुनःसंक्रमण नरहेको बताएको छ । निको भएका व्यक्तिमा पुनःपोजेटिभ देखिनुमा पछाडि फोक्सोको मरिसकेका कोशिकाहरु जिम्मेवार हुनसक्ने डब्लुएचओको भनाई छ ।
दक्षिण कोरियाका स्वास्थ्य अधिकारीहरुले १ सयभन्दा बढी कोरोनाभाइरस संक्रमितहरु ठीक भइसकेको केही समयपछि पुनः पाजेटिभ देखिएको जानकारी गराएका थिए । नेपालमा पनि निको भएका ३ जनामा कोरोना पोजेटिभ देखिएको छ ।
डब्लूएचओका प्रवक्ताले एएफपीसँग कुरा गर्दै केही बिरामीहरु क्लिनिकल्ली ठीक भए पनि टेस्टमा पोजेटिभ आएको जानकारी प्राप्त भएको बताउनुभएको सायथ चाइना मोर्निङ पोष्टले जनाएको छ ।
‘ताजा तथ्यांक र जानकारीको आधारमा हामी यो भन्न सक्छौँ कि यो पोजेटिभ नतिजा रि–इन्फेक्सन भएर आएको नभएर बिरामीको फोक्सोबाट बाहिर निस्किरहेको मृत्त कोशिकाहरु हुन् जुन पहिले संक्रमित भएका थिए,’ उहाँले भन्नभयो, ‘यो बिरामीको ठीक हुने प्रक्रिया हो जसमा शरीर आफै सफाइ शुरु गर्दछ । यसलाई पुनःसंक्रमण भन्न सही हुँदैन ।’एजेन्सी।
हेल्थपाटी
तपाईँको अभिमत