"भुलेको छैन जन्मभूमि आमा" मातृभूमि फर्कन नपाउँदाको छटपटाहट
कोरोनाको पीडा भुलाउन अमेरिकामा गीत गाउदै सेन्चुरी
न्यूयोर्क । भुलेको छैन जन्मभूमि आमा, केही दिनलाई मात्र टाढा भएको हु...कोरोनाको इपिसेन्टर अमेरिकाको न्यूयोर्कबाट गाएक प्रेम सेन्चुरीले ‘परदेशले मलाई रुवायो’ नामको गीत यूट्युव च्यानलमार्फत सार्वजनिक गर्नुभएको छ । घरमा बचेको समयलाई सदुपयोग गर्दै गायक सेन्चुरीले जन्मभूमिबाट टाढा रहेर कर्म गर्दै आएका नेपालीको पिडालाई शब्द र संगीतमा उतार्नु भएको हो ।
विरानो ठाउँमा सुख खोज्दा खोज्दै आधा उमेर बितिसकेपनि मातृभूमि फर्कन नपाउदाको छटपटाहटलाई गीतमार्फत आफूले प्रस्तुत गरेको गायक सेन्चुरीले बताउनुभयो । केही दिनअघि मात्र न्यूयोर्कमा रेकर्ड गरिएको गीतमा कोरोनाको समयमा देश, घरपरिवार छोडेर परदेशमा एक्लोपन बिताउदाका नेपालीको पिडालाई गीतमा पोखिएको गायक प्रेम सेन्चुरीले भन्नुभयो ।
बिगत दुई दशकदेखि संगीतिक यात्रामा रहनुभएको सेन्चुरीले रेडियो नेपालमार्फत दर्जनौ गीत गाइसक्नुभएको छ ।
तपाईँको अभिमत