आइपुग्यो चीन सरकारको ठूलो सहयोग, दुई विमान स्वास्थ्य सामग्री
चिनियाँ राजदूत यांकीले स्वास्थ्य मन्त्री ढकाललाई हस्तान्तरण गर्ने
काठमाडौ,२६ वैशाख । चीन सरकारले अनुदान दिएको पीसीआर किटलगायतको स्वास्थ्य सामग्री नेपाल आइपुगेको छ । हिमालयन एयरलाइन्सको विमान शनिबार बिहान ८ बजे ४० हजार पीसीआर किटसहितको स्वास्थ्य सामग्री लिएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको हो ।

दुई दिनअघि मात्र स्विजरल्याण्ड सरकारले नेपाललाई ३० हजार पीसीआर किट अनुदान सहयोग गरेको थियो । चीनबाट ल्याइएका स्वास्थ्य सामग्रीमा ४० हजार पीसीआर किट, १० हजार एन ९५ मास्क, सर्जिकल मास्क ८ लाख, गगल्स १० हजार थानलगायत छन्।
स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले आज र भोली गरी दुई वटा विमानमार्फत पीसीआर किटलगायतको स्वास्थ्य सामग्री नेपाल आउने जानकारी दिनुभयो । भोली १० बजे स्वास्थ्य मन्त्रालयमा नेपालका लागि चिनियाँ राजदूत होउ यांकीले स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई सहयोग सामग्री हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ ।
जगन्नाथ ढकाल
तपाईँको अभिमत