ब्रेकिङ न्यूज : उदयपुरमा थप तीनमा कोरोना पुष्टि, संक्रमितको संख्या १०५ पुग्यो
अ +
अ -
काठमाडौं,२६ बैशाख । उदयपुरमा थप तीनमा कोरोना भाइरस रोगको पुष्टि भएको छ । आजै २ सय ५० स्वाब संकलन गरिएका मध्ये ३० वटा नमुना परीक्षण गर्दा तीन जनामा कोरोना पोजेटिभ देखिएको उच्च श्रोतले जानकारी दिएको छ ।
कोशी अस्पताल विराटनगरमा पिसिआर परीक्षण गर्दा तीनजनामा कोरोना पोजेटिभ देखिएको उच्च श्रोतले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या १०५ पुगेको छ । आजै भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा १६ वर्षका पुरुषलाई कोरोना पोजेटिभ देखिएको थियो ।
यस्तै आजै कोशी अस्पताल विराटनगरबाट ८ जना डिस्चार्ज भएका थिए । हालसम्म निको हुनेको संख्या ३० पुगेको छ ।
हेल्थपाटी 
तपाईँको अभिमत