चीनबाट भोली बिहान ४० हजार पिसिआर किट आउँदै: महानिर्देशक श्रेष्ठ
नेपालमा किटको अभाव छैन
काठमाडौ,२६ वैशाख । किट अभावमा कोरोना परीक्षणदर घट्यो भन्ने समाचार आइरहदा सरकारले आवश्कता अनुसार कोरोना परीक्षण गर्न सक्ने किट रहेको जानकारी दिएको छ । सञ्चार माध्यममा आए अनुसार पिसिआर किटको अभाव नरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।
स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले हिजाेमात्रै स्विस सरकारले ३० हजार पिसिआर किट उपलब्ध गराएसंगै नेपालमा पिसिआर किटको अभाव नरहेको बताउनुभयो । उहाँले ४५ हजार पिसिआर किट स्टक रहेको र चीन सरकारले ४० हजार पिसिआर किट तत्काल उपलब्ध गराउने बताउनुभयो, तत्काल ४५ हजार पिसिआर परीक्षण गर्न सक्ने क्षमता छ महानिर्देशक श्रेष्ठले भन्नुभयो,"बाहिर आएजस्तो पिसिआर किटको अभाव छैन।"
महानिर्देशक श्रेष्ठले चीनबाट शनिबार बिहान ७ बजे ४० हजार पिसिआर किट नेपाल आइपुग्ने बताउनुभयो । पिसिआर किट आउने क्रम जारीरहेकोले परीक्षणमा समस्या नभएकाे महानिर्देशक श्रेष्ठकाे दाबी छ ।
जगन्नाथ ढकाल
तपाईँको अभिमत