जापानमा पनि कोरोनाको उपचारमा रेम्डिसिभिर
काठमाडौं,२६ बैशाख । जापानमा कोरोना भाइरस रोग (कोभिड नाइन्टिन) का बिरामीलाई रेम्डिसिभिर औषधि मार्फत उपचार गरिने भएको छ । जापानको स्वास्थ्य मन्त्रालयले बिहीबार कोरोनाका गम्भिर बिरामीलाई रेम्डिसिभिरको प्रयोग गर्न अनुमति दिएका हुन् । रेम्डिसिभिर अमेरिकन फर्मास्यूटिकल गिलियड विज्ञानको उत्पादन हो। जापानमा स्वास्थ्य मन्त्रालयले कोरोनाको उपचारमा अनुमति दिएको यो पहिलो औषधि हो ।
जापानमा हालसम्म १६ हजार मानिसमा कोरोना संक्रमणको पुष्टि भएको छ भने ८०० जनाको मृत्यु भएको छ । ५ दिनअघि अमेरिकाको खाद्य तथा औषधि विभाग(एफडीए)ले कोरोना भाइरस रोगबाट संक्रमित भएकालाई रेम्डिसिभिर औषधि प्रयोग गर्न अनुमति दिएको थियो । संक्रमितमा गरिएको परीक्षणमा रेम्डिसिभिरको प्रभावकारीता देखिएपछि एफडीएले गम्भिर प्रकृतिका बिरामीलाई यो औषधि प्रयोग गर्न स्विकृति दिएको थियो ।
अमेरिकामा १ हजार ६३ जनामा गरिएको परीक्षणले कोरोनाका लक्षणहरु ११ दिनमा नै हराएको देखिएको थियो । ईबोलाको उपचारमा पनि रेम्डिसिभिर औषधि प्रयोग गरिएको थियो ।
हेल्थपाटी 
तपाईँको अभिमत