स्वीस सरकारकाे ३० हजार पिसिआर किट सहयोग
अ +
अ -
काठमाडौँ, २५ बैशाख । कोरोना भाइरस रोग (कोभिड–१९)को परिक्षण गर्नका लागि स्वीजरल्याण्ड सरकारले नेपाल सरकारलाई ३० हजार पिसिआर किट सहयोग गरेको छ । यो स्वीस सरकार विकास सहयोग (एसडिसि)ले गरेको एक अंश हो ।
स्वीजरल्याण्ड सरकारले यसअघि चार हजार थान पिपिइ सेट, एकहजार थान थर्मोमिटर गन ८ हजार एन नाइन्टिन मास्क यसअघि नै हस्तान्तरण गरिएको थियो । शुक्रबार हस्तान्तरण गरिएको पिसिआर किटको स्वीजरल्याण्डस्थित नेपाली राजदुत एलिजाबेथ भोन क्यापलरले स्वास्थ्य मन्त्री भानुभक्त ढकाललाई पदान गर्नुभयो । सो हस्तान्तरण कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा.रोशन पोखरेलले नेपालमा पिसिआर किटको अभाव नहुने भन्दै किट उपलब्ध गराएकोमा स्वीस सरकारलाई धन्यवाद दिनुभयो ।
तपाईँको अभिमत