ज्वरोका बिरामी नहेर्ने निजी अस्पताललाई राहत होइन बिना क्षतिपूर्ति राष्ट्रियकरण गर
निजी अस्पतालकाे हर्कत लज्जाशरणम्
एकमात्र डलर अर्बपति बिनोद चौधरीका सहोदर कान्छा भाइ वसन्त चौधरी सरकारसँग राहत माग्दैछन्
नेपालको संविधानले स्वास्थ्य सेवालाई नैसर्गिक अधिकारको रुपमा राखेको छ । जनताको स्वास्थ्यप्रति पूर्ण जिम्मेवार हुनु राज्यको कर्तव्य हुन्छ । नेपालको स्वास्थ्य सेवामा निजी अस्पतालकै वर्चश्व छ । स्वास्थ्य सेवामा ७० प्रतिशत दायित्व आफूहरुले निर्वाह गरिरहेको यहाँका निजी अस्पतालहरुले दाबी गर्दै आएका छन् । उनीहरुको दाबीलाई मान्दा नेपालमा निजी अस्पतालहरुले ७० प्रतिशत जनतासँग प्रत्यक्ष व्यापार गरिरहेका छन् ।
अझै लाजको पसारो तिनै निजी अस्पतालहरु अहिले कोरोना महामारीले संकटमा पर्न लाग्यो भन्दै सरकारसँग राहत मागिरहेका छन् ।
सरकारी अस्पतालको तुलनामा निजी अस्पतालको सेवा प्रवाह छिटो छरितो र सहज छ भन्ने मान्यता नेपालमा स्थापित गरिएको छ । खर्च गर्ने क्षमता हुनेहरुले सकेसम्म उपचारका लागि निजी अस्पताल नै रोज्ने गरेको देखिन्छ । नेपालीको यो विश्वास र आकर्षणका कारण अधिकांश निजी अस्पतालहरुले मनग्य कमाएका पनि छन् ।
स्टाफ नर्सलाई बेतलबी बिदामा बस्न लगाउने र उनीहरुको तलब सरकारले दिनुपर्ने ?
यतिबेला विश्व नै कोरोना भाइरस संक्रमणको त्रासबाट आक्रान्त छ। जोन्स हप्किन्स युनिभर्सिटीले बैशाख २५ गते बिहान आवधिक गरेको पछिल्लो आँकडाअनुसार विश्वभर हालसम्म ३७ लाख ५५ हजार ३७९ जनामा कोराना भाइरस (कोभिड–१९)संक्रमण देखिएको छ। २ लाख ६३ हजार ८३१ जनाको मृत्यु भइसकेको छ भने १२ लाख ४५ हजार ४१६ संक्रमित निको भएका छन् । नेपालमा हालसम्म ९९ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । संक्रमणबाट नेपालमा कसैकाे मृत्यु भएको छैन ।
स्वास्थ्य सेवा घाटा,नाफाको हिसाब–किताब मात्रै गर्ने विशुद्ध व्यापार होइन् । मान्छेको स्वास्थ्य र जीवनसँग जोडिएको सेवा हो। आफूहरु ती दायित्वप्रति जिम्मेवार रहेको डंका पिट्दै बिरामीबाट मनखुसी पैसा सोहोर्न पल्केका नेपालमा अधिकांश निजी अस्पतालहरु कोरोना महामारीको संकटमा बिरामीदेखि भाग्न थालेका छन् ।
सामान्य रुघाखोकी र ज्वरोका बिरामी अस्पताल आउँदा नजिक नै नपरी अस्पतालको ढोका थुनिरहेका छन् । अझै लाजको पसारो तिनै निजी अस्पतालहरु अहिले कोरोना महामारीले संकटमा पर्न लाग्यो भन्दै सरकारसँग राहत मागिरहेका छन् । यतिसम्मकी आफ्ना अस्पतालमा कार्यरत डाक्टर, नर्स र अन्य कर्मचारीहरुको विवरण सरकारलाई उपलब्ध गराएर उनीहरुको तलब, भत्ता सरकारले व्यहोर्नुपर्ने जस्ता माग गरिरहेका छन् ।
भारतमा सरकारलाई आवश्यक पर्दा आफ्नो सारा सम्पत्ति दिन तयार रहनुभएका भारतीय प्रतिष्ठित उद्योगी रतन टाटाका नेपाली साझेदार एकमात्र डलर अर्बपति बिनोद चौधरीका सहोदर कान्छा भाइ वसन्त चौधरीको नेतृत्वमा नीजि अस्पतालहरुले सरकारसँग राहत माग्दैछन् ।
सरकारी अस्पतालमा निशुल्क हुने शल्यक्रिया निजि अस्पतालमा एकलाख सम्म लाग्छ अनि तिनै निजीअस्पतालले कोरोनाका कारण व्यवसाय जर्जर भयो भन्दै सरकारको हारगुहार गर्नु कति सुहाउँदो कुरा हो ?
नर्भिक अस्पतालका प्रमुख तथा निजी अस्पतालहरूको छाता संगठन एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल (अफिन)का अध्यक्ष समेत रहनुभएका चौधरीले कयौं शीर्षकमा सरकारसँग छुट माग्नुभएको छ ।
सरकारी अस्पतालमा २५ रुपैयाँमा हुने उपचार निजी अस्पतालमा ५ सय लिन पाइरहेका छन् । सरकारी अस्पतालमा निशुल्क हुने शल्यक्रिया निजी अस्पतालमा एकलाख सम्म लाग्छ अनि तिनै निजी अस्पतालले कोरोनाका कारण व्यवसाय जर्जर भयो भन्दै सरकारको हारगुहार गर्नु कति सुहाउँदो कुरा हो ?
नेपालमा स्वास्थ्य पर्यटनको सम्भावना देखिएको उल्लेख गर्दै अफिनले स्वास्थ्य उपकरण खरिदमा छुट दिन पनि आग्रह गरेको छ । अफिनको अर्को माग छ आगामी बजेटमा २ वर्षसम्म त्यस्तो सहुलियत उपलब्ध गराउनपर्ने । अस्पतालहरूलाई विशेष उद्योगका रूपमा वर्गीकरण गरी आय करको २० प्रतिशत कायम गर्न पनि उसले सरकारलाई सुझाएको छ । के अस्पताल उद्योग हो ?
अस्पताल नवीकरण ५/५ वर्षमा गर्ने प्रावधान राख्न पनि अफिनले आग्रह गरेको छ । निजी अस्पतालले उपभोग गर्ने विद्युतमा सहुलियत दिनपर्ने माग पनि गरेको छ । लकडाउनको बहानामा सम्पत्ति र होर्डिङ बोर्ड कर छुट हुनुपर्ने मागसमेत अफिनले अघि सारेको छ । व्याजमा सहुलियत दिने अर्को माग छ । म एक सचेत नागरिकको हैसियतले निजी अस्पताल सञ्चालकसंग केही प्रश्न गर्न चाहन्छु ।
१.सबै प्रकारको भौतिक संरचना तयार गर्न सक्ने, हेलिप्याड बनाउन सक्ने, सेवा विस्तार गर्न सक्ने र तपाईहरुले आजसम्म कतिजना कोरोनाका बिरामी हेर्नुभयो ?
२.नर्भिक अस्पतालमा आरडीटी टेस्टमा पोजेटिभ आयो भनेर समाचार प्रकाशन गर्दा कोरोना भनेमा अन्य बिरामी उपचारका लागि अस्पतालमा आउँदैनन् र व्यापार हुँदैन भन्ने सोच राखेर तुरुन्तै समाचार हटाउन र मुद्दा हाल्ने धम्की दिने तपाईहरुलाई सरकारले के का लागी छुट दिने ?
३.ज्वरोका बिरामी हेर्नुपर्यो, सरकारलाई महामारीमा साथ दिनुपर्यो भन्दा कति सहयोग गर्नुभयो ?
४.सरकारले ज्वरो आएको बिरामी किन नहरेको भनेर स्पष्टिकरण सोध्दा पीपीई नभएर भन्नुभयो, छतमा हेलिप्याड बनाउन सक्नेले पीपीई किन्न सकिँदैन ?
५.तपाईहरुले अस्पताल खोल्दा १० प्रतिशत बिरामीको निशुल्क हेर्छाै भनेर निर्देशिका अनुसार सम्झौता गर्नुभएको छ तर त्यो सुविधा कतिजना बिरामीले पाए ? केही दिनअघि मात्रै एक निजी अस्पतालले रक्तश्रावको समस्या लिएर अस्पताल पुगेकी युवतीलाई उपचार गर्दागर्दै पैसा सकिएपछि सरकारी अस्पतालमा जानु भनेर अस्पतालबाट निकाल्यो, त्यसको जिम्मेवारी संघले लिन पर्ने कि नपर्ने ?
सरकारी अस्पतालले सुत्केरी गराएर बाटो खर्च समेत दिएर पठाउँछ । तर तपाईहरुको अस्पतालमा सुत्केरी गराउँदा २ लाखसम्म लाग्छ र पनि तपाईहरुलाई नै छुट चाहिएको छ ?
६.सेवा गर्छु भनेर अस्पताल खोल्ने, नाफा कमाउन मात्रै काम गर्ने, ज्वरोको बिरामी समेत नहेर्ने, लकडाउनमा पैसा सकिएपछि रक्तश्राव भएकी बिरामीलाई अस्पतालबाट निकाली सरकारीमा पठाउने अनि तपाईहरुलाई जनता लुट्न सरकारले सबै कुरामा छुट दिनपर्ने ? बिरामीसँग पैसा भएसम्म आफ्नैमा राख्ने सकिएपछि सरकारी अस्पतालमा पठाउने ?
७.संकटको समयमा सरकारलाई गुहार्ने ? स्टाफ नर्सलाई बेतलबी बिदामा बस्न लगाउने र उनीहरुको तलब सरकारले दिनुपर्ने ? सरकारसँग सहयोग मागिरहँदा तपाईहरुले निशुल्क उपचार गरेका १० प्रतिशत बिरामीको सूची बुझाउनु भएको छ ? नागरिकलाई सूचना दिनुभएको छ ? कस्ता बिरामीले छुट पाउने हुन् र कतिले पाए सार्वजनिक गर्नपर्दैन ?
डा.गोविन्द केसीज्यू कता हुनुन्छ ?बिरामीलाई नहेर्ने निजी अस्पतालविरुद्ध किन चुप ?
८.सरकारी अस्पतालले सुत्केरी गराएर बाटो खर्च समेत दिएर पठाउँछ । तर तपाईहरुको अस्पतालमा सुत्केरी गराउँदा २ लाखसम्म लाग्छ र पनि तपाईहरुलाई नै छुट चाहिएको छ ?
९.केही दिनअघि मात्रै बिराटनगरको एक निजी अस्पतालले अपरेशन थिएटर भित्र लगिएकी सुत्केरीलाई कोरोना संक्रमित क्षेत्रको भन्ने थाहा पाएपछि तुरुन्तै निकालेर सरकारी अस्पताल पठायो । के यही हो तपाईहरुको जिम्मेवारी बोध ?
१०.लकडाउनको समयमा समस्यामा परेका बिरामीलाई हेर्दै नहेरी सरकारी अस्पतलामा रिफर गरिरहनु भएका तपाईहरुले सरकारसँग राहत माग्ने नैतिक आधार के छ ?
अरु बेलामा एम्बुलेन्स चालकलाई घुस दिएर,भोज खुवाएर,सम्मेलनसम्म गरेर बिरामी तान्ने अनि संकटका बेला ढोका बन्द गर्ने निजी अस्पताललाई अझै सरकारबाट राहत चाहिने ?
११. गुणस्तरीय दाबी गर्ने निजी अस्पतालले एक जना बिरामीलाई १० वर्षसम्म पायल्स भनेर उपचार गरिरहने र क्यान्सर हुँदासमेत थाहा नपाउने। यसरी गर्न सकिन्छ स्वास्थ्य पयर्टन ?
१२.समाजसेवी, नेपालका अन्नाहजारे डा.गोविन्द केसीज्यू कता हुनुन्छ ? तपाईलाई जानकारी भइरहेको होला यी सबै विषयमा । बिरामीलाई नहेर्ने निजी अस्पतालविरुद्ध किन चुप ?
अरु बेलामा एम्बुलेन्स चालकलाई घुस दिएर,भोज खुवाएर,सम्मेलनसम्म गरेर बिरामी तान्ने अनि संकटका बेला ढोका बन्द गर्ने निजी अस्पताललाई अझै सरकारबाट राहत चाहिने ? निजी अस्पताललाई राहत होइन् अब राष्ट्रियकरण गर्नुपर्छ। ज्वरोका बिरामी नहेर्ने निजी अस्पताललाई राहत होईनबिना क्षतिपूर्ति राष्ट्रीयकरण गर सरकार ।
अरु बेलामा झुर करार गरिएका तिनै सरकारी अस्पतालहरु नै अहिले महामारीका बेला बिरामीको आशा, भरोसाका केन्द्र बनेका छन्। निजी अस्पतालको हर्कत लज्जाशरणम् ।
तपाईँको अभिमत