बीरगञ्जमा प्रशासनबाट किन भइरहन्छ लापारबाही ?हेर्नुहोस् यो भीड
अ +
अ -
काठमाडौ,२५ वैशाख । बीरगञ्जमा कोरोना भाइरस रोगको संक्रमण बढिरहेको छ । तर भीडभाड कम भएको छैन । हिजैमात्रै पनि एकै परिवारका १७ जनालाई कोरोना पुष्टि भयो । देशव्यापी लकडाउन गरेको आज ४५ औ दिन हो । लकडाउन पूर्ण रुपमा पालना नभए संक्रमण रोकिदैन । तर देशका विभिन्न स्थानमा लकडाउन खुकुलो भएको देखिन्छ । बीरगञ्जमा पनि यस्तै भइरहेको छ ।
बुधबार सञ्चारकर्मीहरुलाई भीड बनाएर पर्सा क्षेत्र नं. १ का सांसद प्रदिप यादवले सञ्चारकर्मीहरुलाई स्वास्थ्य सामाग्री वितरण गर्नुभयो । उहाँले बीरगन्जको घण्टाघरमा सञ्चारकर्मीहरुलाई बोलाएर स्वास्थ्य सामाग्री वितरण गर्नुभएको थियो । तर यस सम्बन्धमा प्रशाशनलाई कुनै जानकारी नभएको बताएको छ । लकडाउनको समयमा बीरगञ्जमा पटक–पटक लापरबाही हुँदै आएको छ ।
तपाईँको अभिमत