कपिलवस्तुमा थप दुईमा कोरोना संक्रमण,संक्रमित १०१ : स्वास्थ्य मन्त्रालय
भाइरस रोग कोभिड नाइन्टिन
काठमाडौं,२५ बैशाख । कपिलवस्तुमा थप दुईमा कोरोना भाइरस रोगको संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या १०१ पुगेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कपिलवस्तुका १६ र २२ वर्षका पुरुषलाई कोरोना पोजेटिभ देखिएको जानकारी दिएको छ ।
नेपालमा हालसम्म संक्रमण देखिएका व्यक्तिहरु २ महिनादेखि ८१ वर्ष उमेरसम्मका छन् । हिजाे वीरगञ्जमा १७ जनालाई कोरोना पुष्टि भएको थियो । संक्रमित सबैको अवस्था सामान्य रहेको छ ।
निको भएर २२ जना घर फर्किएकामध्ये तीन जनालाई पुनःसंक्रमण भई अस्पताल ल्याइएको छ । पाटनमा उपचार गरि बैशाख ११ गते डिस्चार्ज भएका ५८ वर्षका पुरुष र बैशाख १४ गते वीरगञ्जअस्पतालबाट डिस्चार्ज हुनुभएका ४४ र १९ वर्षका पुरुषलाई पुनःसंक्रमण देखिएको हो । काठमाडौंका ५८ वर्षका पुरुष सनसिटी अपार्टमेन्टका हुनुन्छ ।

हेल्थपाटी
तपाईँको अभिमत