नेपालगञ्जमा आज ६६ जनाको स्वाब परीक्षण,सबैको रिपोर्ट नेगेटिभ
काठमाडौं,२४ बैशाख । नेपालगञ्जमा आज गरिएका ६६ वटा नमुना परीक्षणमा सबैको रिपोर्ट कोरोना भाइरस रोग नेगेटिभ आएको छ । २ दिनमा २०३ जनाको स्वाब संकलन भएको मध्ये ६६ जनाको नमुना परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको भेरी अस्पतालले जनाएको छ । आज पहिलो चरणमा ३४ र दोस्रो चरणमा ३२ जनाको नमुना परीक्षण गरिएको थियो ।
आज १ सय ३७ जनाको नमुना संकलन गरिएको छ । संक्रमितको सम्पर्कमा आएका एकलैनी,भैरबतील,राजनको पान पसल,रानी तलाई,सब्जी मण्डी नौ टोल,लण्डन मोहोला र टांगा स्टेशनका व्यक्तिहरुको स्वाब लिइएको छ । १३७ वटा नमुना परीक्षणको क्रममा छ । परीक्षणका लागि दाङ र बर्दियाबाट पनि स्वाब संकलन भएको छ । नेपालगञ्जमा बैशाख १९ गते पहिलोपटक कोरोना भाइरस रोगको संक्रमण देखिएको थियो ।
नेपालगञ्जमा २३ जनामा संक्रमण देखिएको छ । सबै संक्रमित सामान्य अवस्थामा शुसिल कोइराला प्रखर क्यान्सर अस्पतालमा उपचार भइरहेको छ । हालसम्म नेपालमा संक्रमितको संख्या ९९ पुगेको छ ।
हेल्थपाटी
तपाईँको अभिमत