एकै परिवारका १० जनालाई कोरोना संक्रमण
अ +
अ -
काठमाडौं,२४ बैशाख । वीरगञ्ज पर्सामा आज देखिएका कोरोना भाइरस रोगका संक्रमितमध्ये १० जना एकै परिवारका सदस्य रहेको पाइएको छ । आज देखिएका संक्रमितमध्ये १० जना एकै परिवारका सदस्य रहेको नारायणी अस्पतालका डा.उदयनारायण सिंहले जानकारी दिनुभयो । यसअघि आईतबार ३६ वर्षका युवालाई कोरोना भाइरस रोगको पुष्टि भएको थियो । आज संक्रमण देखिएका व्यक्तिहरु ति युवककै सम्पर्कमा आएका व्यक्तिहरु हुन् ।
नेपालमा पहिलोपटक एकै परिवारका सदस्यमा यति धेरै संक्रमण देखिएको हो । संक्रमितहरु वीरगञ्ज महानगरपालिका–३ छपकैयाका हुन् । पर्सामा आज २ महिनादेखि ६६ वर्ष उमेरका १७ जनामा कोरोना पोजेटिभ देखिएको हो ।
हेल्थपाटी
तपाईँको अभिमत