दुई महिने शिशुलाई कोरोना पुष्टि, संक्रमित ९९ पुगे : स्वास्थ्य मन्त्रालय
काठमाडौं,२४ बैशाख । नेपालमा पहिलोपटक शिशुलाई पनि कोरोना भाइरस रोगको संक्रमण देखिएको छ । वीरगञ्ज पर्सामा आज देखिएका संक्रमितमध्ये एक शिशु रहेका छन् । उहाँ २ महिनाको हुनुन्छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा १७ जनाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा डा. विकास देवकोटाले जानकारी दिनुभएको हो ।
उहाँका अनुसार संक्रमितहरु २ महिना देखि ६६ वर्ष उमेर सम्मका रहेका छन् । आज देखिएका संक्रमितमा ७ महिला र १० पुरुष रहेका छन् । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ९९ पुगेको छ । जसमा ७१ जना पुरुष र २८ जना महिला रहेका छन् । प्रदेश नम्वर १मा ३१,प्रदेश नम्वर २ मा ३०, बाग्मती प्रदेशमा ७, गण्डकी प्रदेशमा २,प्रदेश नम्वर ५ मा २४ र सुदुरपश्चिममा ५ जनालाई कोरोना संक्रमण देखिएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत