थप १७ जनामा कोरोना पुष्टि,संक्रमितको संख्या ९९ : स्वास्थ्य मन्त्रालय
काठमाडौं,२४ बैशाख । वीरगञ्जमा थप १७ जनामा कोरोना भाइरस रोगको संक्रमण देखिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा १७ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा डा. विकास देवकोटाले जानकारी दिनुभएको हो । संक्रमितहरु सबै पर्साका रहेका छन् ।
उहाँका अनुसार संक्रमितहरु २ महिना देखि ६६ वर्ष उमेर सम्मका रहेका छन् । आज देखिएका संक्रमितमा ७ महिला र १० पुरुष रहेका छन् । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ९९ पुगेको छ । जसमा ७१ जना पुरुष र २८ जना महिला रहेका छन् । प्रदेश नम्वर १मा ३१,प्रदेश नम्वर २ मा ३०, बाग्मती प्रदेशमा ७, गण्डकी प्रदेशमा २,प्रदेश नम्वर ५ मा २४ र सुदुरपश्चिममा ५ जनालाई कोरोना संक्रमण देखिएको छ ।
निको भएर २२ जना घर फर्किएकामध्ये तीन जनालाई पुनःसंक्रमण भई अस्पताल ल्याइएको छ । पाटनमा उपचार गरि बैशाख ११ गते डिस्चार्ज भएका ५८ वर्षका पुरुष र बैशाख १४ गते वीरगञ्जअस्पतालबाट डिस्चार्ज हुनुभएका ४४ र १९ वर्षका पुरुषलाई पुनःसंक्रमण देखिएको हो । काठमाडौंका ५८ वर्षका पुरुष सनसिटी अपार्टमेन्टका हुनुन्छ ।
देवकोटाले हालसम्म पिसीआर मार्फत १४ हजार ९६ जनाको नमुना परीक्षण भएको जानकारी दिनुभयो । पछिल्लो २४ घण्टामा ९९१ नमुना परीक्षण भएको छ । देशका विभिन्न स्थानमा १८ वटा पिसीआर मेशिन मार्फत कोरोना परीक्षण भइरहेको छ । यस्तै र्यापिड डायग्नोष्टिक टेस्ट मार्फत ५२ हजार ९ सय ७० जनाको परीक्षण भएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत