लकडाउनलाई जेठ ५ गतेसम्म लम्ब्याउने सरकारकाे निर्णय
काठमाडौँ,२४ बैशाख । लकडाउनको समय १० दिन थप भएको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले कोरोना भाइरस रोग(कोभिड नाइन्टिन)को संक्रमण नियन्त्रणका लागि लकडाउन थप गर्ने निर्णय गरेको हो । सरकारको निर्णय अनुसार लकडाउन जेठ ५ गतेसम्म जारी रहनेछ ।
कोभिड १९ नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिको सिफारिसअनुसार मन्त्रिपरिषद्ले लकडाउनको समय थपेको हो । चैत ११ देखि सरकारले जारी गरेको लकडाउनको अवधि भोलि सकिँदैछ । आज लकडाउनको ४४ औं दिन हो ।
विज्ञहरुले पर्याप्त परीक्षण नभएको भन्दै लकडाउन खुकुलो बनाउन नहुने सुझाव दिदै आएका छन् । अर्थविद् र पूर्व अर्थमन्त्रीहरुले आर्थिक क्षेत्र तहसनहस हुने भन्दै क्षेत्रगत रुपमा लकडाउन खुकुलो बनाउनुपर्ने सुझाव दिएका छन् । दुईजनामा संक्रमण देखिदा लकडाउन सुरु भएको थियो । हाल संक्रमितको संख्या ८२ पुगेको छ ।
हेल्थपाटी
तपाईँको अभिमत