सनसिटी अपार्टमेन्टमा फेरि भेटियो कोरोना, निको भएका ३ लाई पुनः संक्रमण
अ +
अ -
काठमाडौँ, २३, बैशाख । कोरोना निको भइ घर फर्केका विरगञ्ज र काठमाडौंमा तीन जनालाइ पुनः कोरोना भाइरस देखिएको छ। पाटन अस्पतालबाट कोरोना मुक्त सनसिटी अपार्टमेन्टमा बस्ने एक जना युवा र बिरगजका २ जनालाइ कोरोना देखिएको हो। स्वास्थ्य मन्त्रालयका प्रबक्ता डा विकास देवकोटाले डिस्चार्ज भएको ११ दिनपछि पीसीआर विधिबाट परीक्षण गराउँदा पुन: कोरोना पोजेटिभ देखिएको बताउनुभयो ।
हाल उहाँ निरन्तर फलोअपका लागि अस्पताल गइरहनु भएको छ। उहाँ र उहाकी ८१ बर्षीया आमा गत ११ बैशाखमा कोरोना मुक्त भएर डिस्चार्ज हुनुभएको थियो। प्रबक्ता देवकोटाले वीरगञ्जस्थित नारायणी अस्पतालबाट कोरोना मुक्तभएका दुई जनामा छ दिनपछि परीक्षण गर्दा पुन कोरोना पोजेटिभ देखिएपछि अहिले पुन आइसोलेसनमा राखिएको बताउनुभयो।
हेल्थपाटी
तपाईँको अभिमत