१३ हजार ८ सय ५० जनाको नमुना परीक्षण : स्वास्थ्य मन्त्रालय
काठमाडौं,२३ बैशाख । नेपालमा पछिल्ला दिनहरुमा कोरोना भाइरस रोग (कोभिड नाइन्टिन)संक्रमणको संख्या बढिरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा.विकास देवकोटाले आज नेपालगञ्जमा थप ७ जनालाई कोरोना पोजेटिभ देखिएसंगै संक्रमितको संख्या ८२ पुगेको जानकारी दिनुभयो ।
उहाँका अनुसार हालसम्म सबैभन्दा धेरै प्रदेश नम्वर १ मा ३१, प्रदेश नम्वर २ मा १३,बाग्मती प्रदेशमा ७,गण्डकी प्रदेशमा २, प्रदेश नम्वर ५ मा २४ र सुदुरपश्चिम प्रदेशमा ५ गरि जम्मा ८२ जनामा संक्रमण पुष्टि भएको छ । जसमा ६१ जना पुरुष र २१ जना महिला रहेका छन् । रुपन्देहीमा १,नेपालगञ्जमा २३,वीरगञ्जमा ९,बिराटनगरमा ३१,भरतपुरमा १ र धनगढीमा १ जनामा कोरोना संक्रमण देखिएको छ । हालसम्म १६ जना संक्रमित निको भएर घर जानुभएको छ ।
देवकोटाले हालसम्म पिसीआर मार्फत १३ हजार ८ सय ५० जनाको नमुना परीक्षण भएको जानकारी दिनुभयो । पछिल्लो २४ घण्टामा १ सय १० वटा नमुना परीक्षण भएको छ । देशका विभिन्न स्थानमा १८ वटा पिसीआर मेशिन मार्फत कोरोना परीक्षण भइरहेको छ । यस्तै र्यापिड डायग्नोष्टिक टेस्ट मार्फत ५२ हजार २ सय २७ जनाको परीक्षण भएको छ ।
उहाँका अनुसार आज २१ हजार ९९ सय जना क्वारेन्टाइमा बसिरहेका छन् । काठमाडौंमा २ र काठमाडौं उपत्यका बाहिर १ सय १८ गरि जम्मा १ सय २० जना आइसोलेसनमा हुनुन्छ । यसैगरी मन्त्रालयको एप्लीकेशन मार्फत आफ्नो स्वास्थ्य बारेमा जानकारी गराएका मध्ये हालसम्म ३ सय ३० जना रेड जोनमा रहेका छन् । रेड जोन भनेका शंकास्पद संक्रमितहरु हुन् ।
हेल्थपाटी 
तपाईँको अभिमत