कोरोना भाइरस नियन्त्रणका लागि कुखुराको सुली
अ +
अ -
काठमाडौं,२३ बैशाख । कोरोना भाइरस रोगको संक्रमण फैलन नदिन कुखुराको सुली प्रयोग भइरहेको छ भन्दा धेरैलाई अनौठो लाग्न सक्छ । तर स्विडेनमा कुखुराको सुली प्रयोग गरि संक्रमण नियन्त्रणको अस्वभाविक उपाय अपनाइएको छ ।
अस्वभाविक भएपनि भीडभाड कम गर्न यो उपाय प्रभावकारी देखिएको छ । भीड हुने स्थानहरुमा कुखुराको सुली छर्केर गन्ध आउने बनाइदा मानिसहरु त्यस स्थानमा गएका छैनन् र भीड रोकिएको छ । जमघटले नै कोरोना संक्रमण फैलाउछ । यूरोपका अन्य देशमा लकडाउन छ तर स्विडेनमा छैन । त्यहाँ मन्दिरालय र रेष्टुराँहरु पूर्ववत् सञ्चालन भइरहेका छन् ।
स्वीडेनमा हालसम्म २२ हजार ७ सय २१ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ भने २ हजार ७ सय ६९ जनाको मृत्यु भइसकेको छ । बीबीसी ।
हेल्थपाटी
तपाईँको अभिमत