६ वटा प्रदेशमा ७५ कोरोना संक्रमित, कर्णाली प्रदेश कोरोना मुक्त
कर्णाली प्रदेश ७ दिनसम्म सिल गरिने
काठमाडाैं,२२ बैशाख । हालसम्म ६ वटा प्रदेशमा कोरोना भाइरस रोगको संक्रमण देखिएको छ । ७५ जना संक्रमितहरु कर्णाली बाहिरका रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा.विकास देवकोटाले कर्णाली बाहेक सबै प्रदेशमा संक्रमण देखिएको जानकारी दिनुभयो ।
उहाँका अनुसार हालसम्म सबैभन्दा धेरै प्रदेश नम्वर १ मा ३१,प्रदेश नम्वर २ मा १३,बाग्मती प्रदेशमा ७,गण्डकी प्रदेशमा २,प्रदेश नम्वर ५ मा १७ र सुदुरपश्चिम प्रदेशमा ५ गरि जम्मा ७५ जनामा संक्रमण पुष्टि भएको छ । देवकोटाले हालसम्म पिसीआर मार्फत १३ हजार ६ सय ४० जनाको नमुना परीक्षण भएको जानकारी दिनुभयो । उहाँका अनुसार २१ हजार ५ सय २३ जना क्वारेन्टाइमा बसिरहेको काठमाडौंमा १ र उपत्यका बाहिर १ सय ५ गरि जम्मा १ सय ६ जना आइसोलेसनमा हुनुन्छ ।
कर्णाली प्रदेश ७ दिनको लागि सिल गरिने
यसैबीच, सिमा क्षेत्रमा कोरोना भाइरस रोगको संक्रमण बढेपछि कर्णाली प्रदेश ७ दिनको लागि सिल गरिने भएको छ । आज मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले छिमेकी प्रदेश सुदूरपश्चिम र प्रदेश ५ मा कोरोना संक्रमण देखिएको भन्दै रोकथामका लागि यस्तो निर्णय गरेको हो ।
सामाजिक विकासमन्त्री एवं प्रदेशस्तरीय कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय कार्यकारी समितिका संयोजक दल रावलले ७ दिन कर्णाली पूर्ण रुपमा सिल हुने हेल्थपाटी डटकमलाई जानकारी दिनुभयो ।
उहाँका अनुसार प्रदेशका विभिन्न २७ स्थानमा चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोली खटाइने छ । बैठकले २५ स्थानमा टोली खटाउने निर्णय गरेको भए पनि डोल्पाका दुई स्थान थप गरिएको उहाँले बताउनुभयो । गाउँपालिकाका केन्द्र, प्रमुख बजार क्षेत्रजस्ता रणनीतिक स्थानमा टोली परिचालन गरिनेछ ।
मन्त्री रावलले स्वास्थ्यकर्मीको टोलीले सम्भावित बिरामीको पहिचान गर्नको लागि स्वाब संकलन, दु्रत परीक्षण (आरडीटी) समेत गर्ने बताउनुभयो । सरकारले सुर्खेतस्थित कर्णाली प्रदेश अस्पताल र जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक परिचालन गर्नेछ ।
प्रतिष्ठानका चिकित्सक साविकको कर्णालीमा परिचालन हुनेछन् भने सुर्खेतका चिकित्सक अन्य जिल्लामा जानेछन् । आवश्यकता अनुसार सम्बन्धित जिल्लाका चिकित्सक पनि तोकिएका स्थानमा जानपर्नेछ । स्थानीय तह र प्रदेश सरकारको समन्वयमा पछिल्लो समय उद्धारका बहानामा मानिसहरु लाने लैजाने भइरहेको थियो ।
गोपाल रेग्मी
तपाईँको अभिमत