नेपालगञ्जमा थप ७ जनामा कोरोना पुष्टि,संक्रमित ८२ पुगे
अ +
अ -
काठमाडौं २३ बैशाख । नेपालगञ्जमा थप ७ जनामा कोरोना संक्रमण देखिएको छ । नेपालगञ्जमा मात्रै संक्रमितको संख्या २३ पुगेको छ भने नेपालमा संक्रमितको संख्या ८२ पुगेको छ । भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा २२,३०,४० वर्षका पुरुष र ९ ,३२,३४ र ५५ वर्षकी महिलामा कोरोना पोजेटिभ देखिएको हो । नेपालगञ्जमा बैशाख १९ गते संक्रमणको पुष्टि भएका ६० वर्षका बृद्दको सम्पर्कमा आएकाहरुमा संक्रमण देखिएको हो ।
बृद्दको सम्पर्कमा आएकाहरुको ९४ जना मध्ये २२ जनाको रिपोर्ट पोजेटिभ देखिएको हो । संक्रमित सबैलाई सुशील कोइराला प्रखर क्यान्सर अस्पताल लगिएको छ । हालसम्म नेपालमा १६ जना निको भएर घर फर्किसकेका छन् ।
हेल्थपाटी
तपाईँको अभिमत