विष्णु राईको निधनले कुशल अभिभावक गुमायौं : नर्सिङ संघ
अ +
अ -
काठमाडौं,२२ बैशाख । नेपाल नर्सिङ संघले पूर्व अध्यक्ष विष्णु राईको निधनले समस्त नर्सिङ जगतले एक कुशल अभिभावक गुमाएको भन्दै दुःख व्यक्त गरेको छ । संघले शोक विज्ञप्ती निकालेर उहाँको योगदानको स्मरण गर्दै राईप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ । संघले शोकाकुल परिवारमा समवेदना प्रकट गरेको छ । पूर्व अध्यक्ष राईको ७७ वर्षको उमेरमा उपचारका क्रममा वीर अस्पतालमा आज विहान निधन भएको थियो ।
मिर्गौला फेल भई लामो समयदेखि डायलाइसिस गर्दै आउनुभएको थियो भने उहाँमा मधुमेहको समस्या पनि थियो । राई नर्सिङ संघको १३ औं अध्यक्ष तथा नर्सिङ कलेज ललितपुरका प्रमुख समेत हुनुन्थ्यो ।उहाँ ५७ वर्षदेखि नर्सिङ पेशामा आवद्ध भई लाखौंको उपचार गर्नुभएको थियो ।
तपाईँको अभिमत