आहा ! सुन्दर, मनमोहक काठमाडौं “न भूतो न भविष्यति”(फोटो फिचर)
काठमाडौं,२१ बैशाख । संधै धुलाम्मे, हिलाम्मे, फ्रुस्रो र प्रदुशित देखिने काठमाडौं शहरकाे वातावरण अहिले मनमोहक भएको छ, जताततै हरियाली अनि स्वच्छ,सफा र सुन्दर छ । काठमाडौंको सडको यो अभुतपुर्व सौन्दर्यले मनमग्न बनाउँछ, बसन्त ऋतुको हरियाली अनि लकडाउनले बर्षौंपछि सुस्ताउने मौका पाएको काठमाडौंको यो दृश्य सायदै न भूतो न भविष्यति ।
कोरोना भाइरस रोगको संक्रमण नियन्त्रणका लागि विश्व लकडाउनमा छ । नेपाल पनि ४० दिन देखि लकडाउनमै छ । ४० दिन भयो घरबाट बाहिर ननिस्किएको र काठमाडौंका शहर,गल्ली नदेखेको । लकडाउन पछिको काठमाडौं नौलो त छँदैछ, आनन्दित पनि बनेको छ । काठमाडौं अहिले अफ्नो प्राकृतिक रुपमा फर्कन सफल भएकी छिन् र हामीलाई चुनौति दिएकी छिन् अब सधैं उनको यो सौन्दर्य जोगाउने ।
साँच्चै नै प्रकृति कति बलवान र सहनशील हुन्छिन्, लकडाउनले फेरिएको विश्वको मुहार हेरे पुग्छ । एउटा अदृश्य भाइरससँग जुध्न विश्वका मै हुँ भन्ने शक्ति राष्ट्र पनि चुकिसकेका छन् । त्यसैले प्रकृतिको यो स्पष्ट सन्देश बुझ्नुहोस् तपाईं सिमित हो प्रकृति असिमित । अन्त्यमा प्रकृतिनै विजयी हुन्छिन । काठमाडौं डुलेर यी फोटाहरु लिइरहँदा मलाई भन्न मन लाग्यो म त आफैं आफैं आफैं आफैं मन–मग्न ..... हेराै काठमाडौंको दुर्लभ तस्विर ।
तपाईँको अभिमत