अमेरिकामा रेम्डिसिभिरलाई कोरोनाको उपचारमा प्रयोग गर्न अनुमति
काठमाडौं,२० बैशाख । अमेरिकाको खाद्य तथा औषधि विभाग (एफडीए)ले कोरोना भाइरस रोगबाट संक्रमित भएकालाई रेम्डिसिभिर औषधि प्रयोग गर्न अनुमति दिएको छ । एन्टी भाइरल रेम्डिसिभिर औषधि गम्भिर अवस्थाका संक्रमितलाई प्रयोग गर्न अधिकारीहरुले अनुमति प्रदान गरेको बीबीसीले जनाएको छ । रेम्डिसिभिर गिलियड विज्ञानको उत्पादन गरेको औषधि हो ।
एफडीएले आपत्कालिन अवस्थाका लागि मात्रै अनुमति दिएको बताएको छ । यो औपचारीक अनुमति भने होइन । केही समयअघि गरिएको परीक्षणमा रेम्डिसिभिरको प्रभावकारीता देखिएको थियो । गम्भिर बिरामी भएकालाई यो औषधि मार्फत उपचार गर्दा छोटो समयमा नै निको भएका थिए ।
अमेरिकामा १ हजार ६३ जनामा गरिएको परीक्षणले कोरोनाका लक्षणहरु ११ दिनमा नै हराएको देखिएको थियो । ईबोलाको उपचारमा पनि रेम्डिसिभिर औषधि प्रयोग गरिएको थियो ।
तपाईँको अभिमत