मुस्ताङमा गाउँपालिका अध्यक्ष र स्वास्थ्य संयोजक सहित ३०० जना क्वारेन्टाइनमा
स्वास्थ्य परीक्षण सुरु
अ +
अ -
काठमाडौं,२० बैशाख । मुस्ताङ वारागुङ्ग मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष तथा स्वास्थ्य संयोजक सहित ३ सय जनालाई क्वारेन्टाइनमा राखिएको छ । गाउँपालिका अध्यक्ष फेन्चोक छेप्तेन गुरुङ र स्वास्थ्य संयोजक खगेन्द्र बोहरा सहित ३ सय जनालाई क्वारेन्टाइनमा राखिएको हो । विभिन्न कामको शिलशिलामा काठमाडौ र पोखरा गएर लकडाउनमा फसेका स्थानियलाई उद्धार गरेर ल्याइएपछि अध्यक्ष र स्वास्थ्य संयोजक सहित सबैलाइ क्वारेन्टाइनमा राखिएको हो ।
लकडाउन लम्बिएपछि पोखरा र काठमाडौमा समस्या भएको स्थानियको जन गुनासो बढेपछि आफुहरुले उद्धार गरेको गाउपालिका अध्यक्ष गुरुङले जानकारी दिनुभयो । उद्धार गरि ल्याइएका सबैलाइ क्वारेन्टाइन राखी स्वास्थ्य जाँच सुरु गरिएको उहाँले बताउनुभयो ।
हेल्थपाटी
तपाईँको अभिमत