सुनसरीमा १७ वर्षकी किशोरीमाथि सामुहिक बलात्कार

प्रतिकारात्मक तस्बिर
अ +
अ -
काठमाडौं,२० बैशाख । सुनसरीको सिमलपानीमा १७ वर्षकी किशोरी माथि सामुहिक बलात्कार भएको छ । बैशाख १४ गते राती ५–७ जनाको समुहले किशोरी माथि सामुहिक बलात्कार गरेको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक (डीएसपी)धर्मराज भण्डारीले जानकारी दिनुभयो ।
घटनामा संलग्न दुई जनालाई प्रक्राउ गरि अनुसन्धान गरिरहेको र बाँकीको खोजी कार्य भइरहेको उहाँले बताउनुभयो । लकडाउनमा पछिल्ला समय महिला हिंसाका घटना बढिरहेको छ । कोरोना भाइरस रोेग नियन्त्रणका लागि गरिएको लकडाउनमा महिला हिंसा तथा बलात्कारको घटनाबाट जोगिन सचेत भई बस्न अधिकारकर्मीहरुले आग्रह गर्दै आएका छन् ।
हेल्थपाटी
तपाईँको अभिमत