आज कोरोना पोजेटिभ देखिएका दुई संक्रमितलाई अस्पताल ल्याइदै
१२ हजार ५७७ जनाको पिसीआर परीक्षण
काठमाडौं,१९ बैशाख । नेपालगञ्जको बाँके र रुपन्देहीमा कोरोना पोजेटिभ देखिएका दुई संक्रमितलाई अस्पताल ल्याइदैछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा.विकास देवकोटाले नेपालगञ्जका ६० वर्षका पुरुषलाई शुशिल कोइराला प्रखर क्यान्सर अस्पताल बाँके र रुपन्देहीका २५ वर्षका पुरुषलाई रुपन्देही कोरोना विशेष अस्पतालमा ल्याइदै गरेको जानकारी दिनुभयो ।
नेपालगञ्जका ६० वर्षका पुरुषको स्वाब भेरी अस्पतालमा परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो भने रुपन्देहीका युवाको स्वाब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालमा परीक्षण गरिएको थियो । नेपालमा संक्रमितको संख्या ५९ पुगेको छ । प्रवक्ता देवकोटाका अनुसार हालसम्म ४९ पुरुष र १० जना महिलामा संक्रमण देखिएको छ ।१६ जना निको भए घर फर्किएका छन् । विराटनगरमा ३१,वीरगञ्जमा ८,भरतपुरमा १ र धनगढीमा १ जनाको सामान्य अवस्थामा उपचार भइरहेको छ ।
प्रवक्ता देवकोटाका अनुसार हाल सम्म पिसीआर विधि मार्फत १२ हजार ५ सय ७७ जनाको परीक्षण भएको छ भने आरडीटि मार्फत ४७ हजार ७ सय ९७ जनाको ए०ट । आईसोलेसनमा ९४ जना रहेका छन् । जसमा उपत्यका बाहिर ८९ र काठमाडाँैंमा ५ जना छन् । आज देशभर २४ हजार ९ सय ७ जना क्वारेन्टाईनमा रहेका छन् ।
हेल्थपाटी 
तपाईँको अभिमत