नेपालगञ्जका एक जनामा कोरोना पुष्टि,संक्रमितको संख्या ५८ पुग्यो
अ +
अ -
काठमाडौं,१९ बैशाख । नेपालगञ्जमा पनि कोरोना भाइरस रोगको संक्रमण देखिएको छ । भेरी अस्पतालमा गरिएको पीसीआर परीक्षणमा एक जनालाई कोरोना पोजेटिभ देखिएको हो ।
भेरी अस्पतालमा परीक्षण गर्दा २ जनाकाे रिपोर्ट शंकास्पद आएपछि थप निर्क्यौल गर्न स्वाब पुन:पीसीआर परीक्षण गर्दा एक जनालाई कोरोना पोजेटिभ देखिएको हो भने अर्काे स्वाब परीक्षणकै क्रममै रहेको छ । यो संगै कोरोना संक्रमितको संख्या ५८ पुगेको छ । हालसम्म १६ जना निको भएका छन् । विराटनगरमा ३१,वीरगञ्जमा ८,भरतपुरमा १ र धनगढीमा १ जनाको उपचार भइरहेको छ ।
तपाईँको अभिमत