लकडाउन अवधिभरको घरभाडा लिन नपाउने मन्त्रिपरिषद्को निर्णय, लिएमा कारबाही गरिने
स्थानीय तहले अनुगमन गर्ने
काठमाडौं, १८ वैशाख । सरकारले लकडाउन अबधिभर घरभाडामा बस्ने भाडावालसंग घरभाडा बापतको रकम नलिन आग्रह गरेको छ । बिहीबार मन्त्रिपरिषदको बैठकले विपतको बेला आर्थिक आयस्रोत गुमाएका भाडावालसंग घरभाडा लिन नपाउने निर्णय गरेको हो । मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै सूचना तथा सञ्चारमन्त्री डा.युवराज खतिवडाले विपतको बेला कोरोना भाइरस (कोभिड–१९ ) को विषम परिस्थितिसँग जुधिरहेको सर्वसाधारण देखि उद्योग व्यवसायीहरुलाई समेत सम्बोधन गर्नेगरी आर्थिक प्याकेज ल्याएको बताउनुभयो ।
उहाँले सरकारले विभिन्न क्षेत्रमा काम गर्ने संगठित श्रमिकहरुलाई लकडाउन अवधिभर भाडा नमाग्न आग्रह गरेको हो । यसअघि सरकारले एक महिनाको घरभाडाको छुट दिन समेत संबन्धित घरधनीहरुलाई अपिल गरेको छ । यदि त्यसो नभएमा सरकारले कडाइका साथ अनुगमन गर्ने र आवश्यक परे कारबाही समेत अगाडि बढाउने छ । यसको जिम्मा स्थानीय तहलाई दिने निर्णय सरकारले गरेको छ । गत महिना कोरोनाको प्रारम्भिक आर्थिक असर सम्वोधन गर्न भन्दै सरकारले ल्याएको आर्थिक प्याकेजमा शहरी क्षेत्रमा घरभाडामा वस्ने असंगठित श्रमिकहरुलाई एक महिनाको घरभाडा छुट दिन घरधनीहरुलाई सरकारले आग्रह गरेको थियो ।
हेल्थपाटी
तपाईँको अभिमत