लकडाउनले वातावरण स्वच्छ हुँदा हजारौं मानिसको ज्यान जोगियो
काठमाडौं,१८ बैशाख । कोरोना भाइरस रोग नियन्त्रणका लागि गरिएको लकडाउनले प्रदुषणबाट हुने मृत्युलाई कम गरेको एक अध्धयनले देखाएको छ । अध्ययनका अनुसार करिव डेढ महिनादेखि जारी लकडाउनले हावाको गुणस्तरमा भएको सुधारले बेलायत सहित अरु यूरोपका देशमा ११ हजार जनाको मृत्युलाई रोकेको छ । प्रमुख अध्ययनकर्ता लौरी माइल्याभीर्ताले वातावरणमा प्रदुषण कम हुँदा रोगको विकृति कम हुँदै गएको बताउनुभएको छ ।
सडकमा सवारी साधन नचल्दा तथा उद्योग कलकारखाना बन्द हुँदा प्रदुषण कम भएकाले दम रोगबाट ६ हजार बालबालिका बचेको,१९ सय मानिस आकस्मिक सेवामा आउन नपरेको तथा महिना नपूगि हुने गरेको शिशु जन्मलाई रोकेको अध्ययनको दाबी छ । जर्मनीमा सबैभन्दा धेरै २ हजार ८३,बेलायतमा १ हजार ७ सय ५२,इटालीमा १ हजार ४ सय ९०,फ्रान्समा १ हजार २ सय ३०,स्पेनमा १ हजार ८३ ,पोल्याण्डमा ७७१,पोर्चुगलमा ६०९,रोमानिया ३८३,स्वीडेनमा ३२९ र नर्वेमा २५६जना प्रदुषणका कारण हुने मृत्यबाट जोगिएका छन् ।
बातावरण सफा र स्वच्छ हुँदा ४० प्रतिशत मुटु सम्बन्धी,१७ प्रतिशत फोक्सो,१३ प्रतिशत क्यान्सर र मष्तिष्कघातबाट हुने मृत्यु नियन्त्रण भएको अध्ययनले देखाएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
हेल्थपाटी
तपाईँको अभिमत