ब्लड क्यान्सरबाट एक दिग्गज अभिनेताको निधन, को हुन् ऋषि कपूर

कपूर खान्दानका चिराग अभिनेता ऋषि कपूरको निधनले भारत शोकमा डुबेको छ । कपूर खान्दानले ४ पुस्तादेखि बलिउडमा राज गर्दै आएको छ । ऋषि कपूर २ वर्षदेखि ब्लड क्यान्सर (ल्यूकेमिया) बाट पीडित हुनुन्थ्यो । सन् २०१८ मा उपचारका लागि न्यूयोर्क जानुभएका कपूर १ वर्षअघि मात्रै भारत फर्कनुभएको थियो । सेप्टेम्बर ४ सन् १९५२ मा मुम्बईको चेम्बुरमा बलिउडका शो म्यान राज कपुरका दोस्रो छोराका रुपमा जन्मनुभएका ऋषि कपूर सबै जेनेरेशनमा प्रीय हुनुन्थ्यो ।
कपूरलाई रोमान्टिक हिरोमा रुपमा चिनिन्थ्यो । कपूरले सन् १९७० मा डेब्यू ’मेरा नाम जोकर’ सिनेमाबाट बाल कलाकारका रुपमा डेब्यू गर्नुभएको थियो । उहाँले सो सिनेमाका लागि राष्ट्रिय पुरस्कार समेत हात पार्नुभएको थियो । बाल कलाकारका रुपमा बलिउडमा डेब्यू हुनुभएका ऋषि कपूरले डिम्पल कपाडियासँग ’बबी’ सिनेमाबाट डेब्यू गरे । सन् १९७३ मा रिलिज भएको सो सिनेमा चर्चित छ । उहाँले सो सिनेमाबाट फिल्म फेयरमा सर्वाेत्कृष्ट अभिनेताको अवार्ड जित्नुभएको थियो । त्यसपछि उहाँले सन् १९७३ देखि २००० सम्म ९२ बढी सिनेमामा काम गर्नुभयो ।
सन् २०११ मा ’दो दुनी चार’ सिनेमाका लागि फिल्मफेयरमा क्रिटिक्स अवार्ड जित्नुभएका उहाँले सन् २०१७ मा कपुर एण्ड सन्स सिनेमाका लागि फिल्मफेयरमै सहअभिनेताको अवार्ड जित्नुभयो । अभिनेत्री नितु सिहंसँह विवाह(वन्धनमास बाँधिनु अघि दुबै जनाले सन् १९७३ देखि ८१ को अवधिमा एक दर्जन सिनेमामा काम गर्नुभएको थियो ।ऋषि कपूरले आफ्नो जीवनकालमा ५१ सिनेमामा सोलो हिरोको रुपमा काम गर्नुभयो जसमा ११ वटा सिनेमा मात्रै वक्सअफिसमा सफल भए भने मल्टि स्टाररतर्फ काम गरेका ४१ सिनेमामा २५ सिनेमा मात्र सफल भयो ।
’बबी’ बाहेक ’लैला मजनु’,’रफुचक्कर’, ’सरगम’, ’कर्ज’, ’प्रेम रोग’, ’नागिना’, ’हनीमुन’, ’चाँदनी’, ’बोल राधा बोल’ आदि उहाँका सफल सिनेमा हुन् । दशककै हिट सिनेमा बनेको ’बबी’मा सिनेमामा पैसाका कारण राजेश खन्नालाई खेलाउन असमर्थ भएपछि ऋषि कपूरले अवसर पाउनुभएको थियो । यो सिनेमापछि बलिउडमा धनी(गरिबको परिदृश्यमा थुप्रै बलिउड ’टिन एज रोमान्स’ सिनेमा बन्ने सिलसिला सुरु भएको थियो । २४ घण्टामा दुई बलिउड दिग्गजको निधनले भारत शोकमा डुबेको छ । हिजो क्यान्सरकै कारण इरफान खानको निधन भएको थियो । ऋषि कपूर अभिनेता रणविर कपूरका बाबु हुनुन्छ ।




तपाईँको अभिमत