उपचारका क्रममा भारतीय अभिनेता इरफान खानको निधन
काठमाडौं,१७ बैशाख । भारतीय अभिनेता इरफान खानको उपचारका क्रममा बुधबार बिहान निधन भएको छ । ५४ वर्षको उमेरमा मृत्यु अभिनेता खानको निधन भएको छ । उहाँलाई कोलोन इन्फेक्सन भएको थियो । स्वास्थ्यमा समस्या देखिएपछि मंगलबार मुम्बईको कोकिलाबेन अस्पतालमा भर्ना भएका इरफानको बुधबार मृत्यु भएको ’द हिन्दूस्तान टाइम्स’ले जनाएको छ । इरफानले अभिनय गरेको फिल्म ’पिकु’का निर्माता र निर्देशक सुजीत सरकारले पनि ट्वीटमार्फत उनको मृत्युको समाचार पुष्टि गर्नुभएको छ । खानको निधनप्रति भारतीय प्रधानमन्त्री नरेन्द मोदीले ट्वीट मार्फत समवेदना प्रकट गर्दै सिनेमा जगत्मा अपूरणीय क्षति भएको बताउनुभएको छ ।
गत वर्ष लन्डनमा उपचार गराएर फर्केपछि इरफान मुम्बईको कोकिलाबेन अस्पतालकै डाक्टरको निगरानीमा नियमित रुपमा स्वास्थ्य जाँच गराउदै आउनुभएको थियो । ‘अंग्रेजी मिडियम’ छायांकनका बेला पनि उहाँको स्वास्थ्यमा समस्या आएको बताइएको थियो । उहाँको स्वास्थ्य अवस्थाका कारण केही समय छायांकन पनि रोकिएको थियो । खान क्यान्सरबाट पीडित हुनुहुन्थ्यो । ५४ वर्षीय इरफान खान न्यूरोएन्डोक्राइन ट्युमरबाट ग्रसित हुनुहुन्थ्यो । यो एक किसिमको दुर्लभ क्यान्सर हो ।
४ दिन अगाडि मात्रै उहाँको आमा सईदा बेगमको निधन भएको थियो । त्यतिबेला खान अस्पतालमै रहनुभएका कारण भिडियो कन्फ्ररेन्स मार्फत आमाको अन्तिम दर्शन गर्नुभएको थियो ।
हेल्थपाटी
तपाईँको अभिमत