अमेरिकामा पग जातीको कुकुरमा कोरोना संक्रमण
काठमाडौं,१७ बैशाख । अमेरिकामा पग जातीको कुकुरमा कोरोना भाईरस रोग(कोभिड नाइन्टिन) पोजेटिभ देखिएको छ । उत्तरी क्यारोलीनाका वीन्स्टन नाम गरेको कुकुरमा कोरोना पोजेटिभ देखिएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । ड्युक विश्वविद्यालयका अन्वेषणहरुले कुकुर मालिकको घरका एकै परीवारका तीन जनामा कोरोना संक्रमण देखिएपछि कुकुरलाई पनि संक्रमण भएको छ की छैन भनी स्वाब परीक्षण गर्दा कुकुरमा कोरोना भाइरस देखिएको बताएका छन् । तर कुकुरसंगै रहेका अर्काे एक पग र बिरालोमा भने कोरोना संक्रमण देखिएन ।
अन्वेषणहरुले भनेका छन्,आफुहरुको यो प्रारम्भिक परीक्षणको नतिजा कृषि विभागद्वारा पुष्टि भएमा शंकास्पद जनावरहरुबारे गम्भिर भएर सोच्न पर्छ । चैपल हिल परिवारका तीन जना कोरोनाबाट संक्रमित भएका थिए । कुकुरमा केही दिन अल्छीपन देखिएको,अरुची,लामो लामो सास फेरेको र नाकबाट पानी बग्ने लक्षण देखिएको तर पछि यो समस्या हटेको थियो ।
अमेरिका भेटेरीनरी मेडिकल एसोसिएशनका अध्यक्ष डा.जोन होवेले संक्रमित कुकुरले चाटेमा थुकको माध्यमबाट कोरोना सर्न पनि सक्थ्यो भन्ने हो तर जनावरको हकमा यसको प्रमाण फेला परेको छैन । यद्यपी बिरामी घरपालुवा जनावरलाई भने आइसोलेटमा राखी उपचार गर्नुपर्ने उहाँको भनाइ छ ।
विज्ञहरुले घरपालुवा जनावरहरुले मानिसमा भाइरस सार्न सक्छ भन्ने कुनै प्रमाण नरहेकाले घरपालुवा जनावरबाट डर मान्न नपर्ने बताएका छन् । यसअघि हङकङमा पनि कुकुर र बिरालोमा मध्यम खालको लक्षण सहित कोरोना पोजेटिभ देखिएको थियो ।
अमेरिकामा पहिलो पटक घरपालुका जनावर(कुकुर)मा कोरोनाको संक्रमण देखिएको हो । यसअघि बाघमा देखिएको थियो ।
तपाईँको अभिमत