वीरगञ्जमा कर्मचारीलाई कोरोना पुष्टि, संक्रमितको संख्या ५७
अ +
अ -
काठमाडौं,१७ बैशाख । आज थप तीन जनामा कोरोना भाइरस रोगको संक्रमण देखिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा तीन पुरुषलाई कोरोना पोजेटिभ देखिएको हो । संक्रमित सबैलाई नारायणी अस्पताल बीरगञ्ज लाने तयारी भएको छ । स्रोतका अनुसार तीनमध्ये एक जना वीरगञ्ज महानगरपालिकामा सरसफाई गर्ने कर्मचारी रहेका छन् ।
५०, ४६ र ३१ बर्षका पुरुषलाई कोरोना पोजेटिभ देखिएको हो एक जना बारा र दुई जना पर्साका रहेका छन् । नेपालमा कोरोना संक्रमितको संख्या ५७ पुगेको छ । बिरगञ्जको सिद्धार्थ स्कूलको क्वारेन्टाइनमा रहेका एक र सिमरा क्वारेन्टाइनमा भएका २ जना गरि थप ३ जनामा कोरोना संक्रमण देखिएको हो ।
तपाईँको अभिमत