थप तीनमा कोरोना पुष्टि, संक्रमितको संख्या ५७ पुग्यो
अ +
अ -
काठमाडौँ,१७ बैशाख । आज थप तीन जनामा कोरोना भाइरस रोगको संक्रमण देखिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ५०, ४६ र ३१ बर्षका पुरुषलाई कोरोना पोजेटिभ देखिएको हो । संक्रमित तीनै जनालाई नारायणी अस्पताल बीरगञ्ज लाने तयारी भएको छ ।
बिरगञ्जको सिद्धार्थ स्कूलको क्वारेन्टाइनमा रहेका एक र सिमरा क्वारेन्टाइनमा भएका २ जना गरि थप ३ जनामा कोरोना संक्रमण देखिएको हो । संक्रमित मध्ये दुई जना बारा र एक जना पर्साका रहेका छन् । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ५७ पुगेको छ । यसअघि पनि रौतहटका २४ र ३५ वर्षीय दुई पुरुषमा कोरोना संक्रमण देखिएको थियो ।
हेल्थपाटी
तपाईँको अभिमत