सर्वाेच्चको आदेशमा ज्ञानेन्द्र शाही रिहा
लकडाउन उल्लंघन गरेको आरोप
अ +
अ -
काठमाडौं,१६ बैशाख । लकडाउनको उल्लंघन गरेको आरोपमा प्रक्राउ पर्नुभएका ज्ञानेन्द्र शाही रिहा हुनुभएको छ । ललितपुर प्रहरी प्रमुख एसएसपी टेकप्रसाद राईका अनुसार सर्वाेच्चको आदेश अनुसार शाहीलाई रिहा गरिएको हो ।आफुलाई भ्रष्टाचार विरोधी अभियान्ता बताउने शाहीलाई बिना पास लकडाउनमा विभिन्न गतिविधि गरेको आरोपमा प्रहरीले बैशाख ९ गते राती १० बजे ललितपुरको सुनाकोटीबाट नियन्त्रणमा लिएको थियो । शाहीसंगै शक्तिराज शाहीलाई पनि प्रक्राउ गरेको थियो ।
शाहीमाथि सरकारको एकद्धार प्रणाली विरुद्ध समन्वय विनानै राहत बाँडिरहेको तथा ललितपुर प्रजिअलाई अश्लिल शव्द प्रयोग गर्दै मेसेज म्यासेज गर्ने गराउने गरेको लगायतका अमर्यादित गतिविधि गरेको आरोप पनि लागेको थियो ।
हेल्थपाटी
तपाईँको अभिमत