औषधि उत्पादक संघद्वारा स्वास्थ्य पत्रकारलाई स्वास्थ्य सामग्री हस्तान्तरण
काठमाडौं,वैशाख १६ गते । नेपाल औषधि उत्पादक संघ (एपोन)ले स्वास्थ्य पत्रकार मञ्चलाई स्वास्थ्य सुरक्षा कबज हस्तान्तरण गरेको छ । स्वास्थ्य पत्रकारहरु दिनहु फिल्डमा खटिएर काम गर्दा कोरोना भाइरस सर्ने सम्भावन भएको हुनाले संघले स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण गरेको हो ।
औषधि उत्पादक संघले मञ्चलाई वितरण गरेको स्वास्थ्य सामग्रीमा सर्जिकल माक्स,ग्लोब,स्यानिटाइजर लगायतका सामग्री छन् । स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा नेपाल औषधि उत्पादक संघका अध्यक्ष जि नारायण क्षेत्रीले संघले यसअघि पनि अन्य विटमा काम गर्ने पत्रकारहरुलाई स्वास्थ्य सामग्री वितरण गरीसकेको बताउनुभयो । उहाँले कोरोना भाइरसको महामारीमा सबैभन्दा अग्रपंक्तिमा काम गर्ने स्वास्थ्य पत्रकारहरु भएकोले स्वास्थ्य पत्रकारहरुले रिर्पोटिङको क्रममा विशेष सावधानी अपनाउनुपर्ने बताउनुभयो ।
संघका महासविच विप्लब अधिकारीले स्वास्थ्य पत्रकारहरुलाई औषधि उत्पादक संघले गरेको सहयोगले पत्रकारहरुलाई रिर्पोटिङमा सहज हुने बताउनुभयो । उहाँले मञ्चसंग सहकार्य गरेर अघि बढ्ने पनि बताउनुभयो । उक्त सामग्री हस्तान्तरण कार्यक्रममा एपोनका उपाध्यक्ष सन्तोष बरालले संघले विभिन्न औषधि कम्पनीहरुबाट लिएर स्वास्थ्य पत्रकारलाई स्वास्थ्य सामग्री वितरण गरेको बताउनुभयो । स्वास्थ्य पत्रकार मञ्चकी अध्यक्ष कल्पना आचार्य, महासचिव रामप्रसाद न्यौपानेले स्वास्थ्य पत्रकारीता जटिल भएकोले रिर्पोटिङका क्रममा स्वास्थ्य सामग्री अनिवार्य हुने बताउनुभयो ।
तपाईँको अभिमत