कतारले नेपाललाई मेडिकल सामग्री उपलब्ध गराउने
अ +
अ -
काठमाडौं,१६ बैशाख । कोरोना भाइरस रोग विरुद्धको लडाँईमा सहयोग गर्न कतारले नेपाललाई तत्काल मेडिकल सामग्री उपलव्ध गराउने भएको छ । अमिर एचएच शेख अल थानीले नेपाल कोरोनासंग जुधिरहेको अवस्थामा तत्कालै मेडिकल सामग्री सहयोग पठाउन सम्बद्ध अधिकारीहरुलाई निर्देशन दिनुभएको छ । नेपालमा हालसम्म ५४ जनामा कोरोनाको पुष्टि भएको छ भने १६ जना निको भएका छन् ।
उहाँले रुवाण्डा र ट्युनिशियामा पनि मेडिकल सामग्री सहयोग पठाउन निर्देशन दिनुभएको छ । कतारले इरान,गाजा र इटालीमा महामारीसंग लड्न आफ्नो अन्तराष्ट्रिय योगदानको एक हिस्सा स्वरुप सहयोग पठाइसकेको छ ।
हेल्थपाटी
तपाईँको अभिमत