अमेरिकी राष्ट्रपतिको आरोप कोरोना चीनले फैलायाे
काठमाडौं,१६ वैशाख । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कोरोनाभाइरसमाथि चीनको प्रतिक्रियाको विषयमा ‘अत्यधिक गम्भीर अनुसन्धान’ सुरु भएको जानकारी दिनुभएको छ । ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले सो कुरा बताउनुभएको हो । राष्ट्रपति ट्रम्पले भन्नुभयो ‘हामी चीनसँग खुसी छैनौं, हामी पूरा परिस्थितीसँग खुसी छैनौं किनभने हाम्रो मान्यता यो छ कि यो त्यहिँ रोक्न सकिन्थ्यो जहाँबाट यो सुरु भयो ।’ ट्रम्पले कोरोनाभाइरसलाई तुरुन्तै रोक्न सकिनथ्यो र यो संसारभरी फैलन पनि पाउँदैनथ्यो भन्दै जिकिर गर्नुभयो ।
चीनमाथि इशारा गर्दै ट्रम्पले भन्नुभयो, ‘उनीहरुले हामीलाई मात्रै होइन पूरा संसारलाई नै बचाउन सक्थे ।’ अमेरिकी राष्ट्रपति लगातार कोरोनाभाइरसको महामारीका लागि चीनमाथि अत्यधिक आलोचना गर्दै आउनुभएको छ । आफूले यो महामारी नियन्त्रण गर्नका लागि अमेरिकाको सीमालाई चीनका लागि बन्द गरिदिएको बताउनुभयो । केही स्वास्थ्य विशेषज्ञले चीनसँग तयारीको पर्याप्त समय हुँदासमेत यसबारे बेवास्ता गरेको ट्रम्पको आरोप छ । ट्रम्पको भनाई छ, ‘जे जति भयो त्यसका लागि एक देशलाई जिम्मेवार देखाउनु, यो कसैले पनि स्विकार गर्नेछैन ।’
पत्रकार सम्मेलनका बेला अमेरिकी राष्ट्रपतिलाई नोभेम्बरमा आयोजना हुने राष्ट्रपति चुनाव स्थगित गर्नेबारे विचार गरिरहनुभएको छ भनेर प्रश्न सोधियो । यसको उत्तर दिँदै ट्रम्पले, ‘मैले चुनावको मिति सोच्नेबारे कहिले पनि सोचको छैन । म यस्तो किन गरुँला ? ३ नोभेम्बर । यो एउटा राम्रो नम्बर हो ।’ ट्रम्पले यसलाई एउटा प्रोपोगान्डाको संज्ञा दिनुभएको छ ।
स्रोतः बीबीसी
हेल्थपाटी
तपाईँको अभिमत