कोरोनालाई जितेर काममा फर्कनुभयो बेलायतका प्रधानमन्त्री
काठमाडौं,१५ बैशाख । कोरोना भाइरस रोगको संक्रमणबाट गम्भिर बिरामी हुनुभएका बेलायतका प्रधानमन्त्री बोरिस जोन्सन उपचारपछि निको भएर आफ्नो काममा फर्कनुभएको छ । लामो समयको लकडाउनले अर्थतन्त्रमा पारेको असर र दिनहँु संक्रमित बढिरहेका बीच ठुलो द्धिविधाका बीच उहाँ काममा फर्कनुभएको हो ।
डाउनिङग स्ट्रीट बाहिर प्रधानमन्त्री जोनसनले संक्रमणको उच्च खतरा कायमै रहेकाले लकडाउन कहिले खुल्ला हुन्छ र कुन कुन प्रतिवन्धलाई फुकुवा गर्न सकिन्छ भन्ने विषयमा अहिले नै भन्न नसकिने बताउनुभयो । प्रधानमन्त्री जोनसनले भन्नुभयो अस्पतालहरुमा देखिएको प्रगतिले वेलायत संक्रमणको विन्दु पार गरेको भन्न सकिन्छ ।
५५ वर्षका प्रधानमन्त्री करिव एक महिनापछि काममा फर्कनुभएको हो । बेलायतमा हालसम्म २० हजार ७ सय ३२ जनाको मृत्यु भइसकेको छ । विश्वभर २ लाख ६ हजार मानिसको मृत्यु भइसकेको छ भने ३० लाख मानिसमा कोरोनाको संक्रमण पुष्टि भएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत