निजी प्रयोगशालाले पनि कोरोना परीक्षण गर्न पाउने (निर्देशिका सहित)
पीसीआर मार्फत १० हजार ४ सय ७१ परीक्षण
काठमाडौं,१५ बैशाख । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस रोग परीक्षण गर्ने प्रयोगशाला सञ्चालन सम्बन्धी अन्तरिम निर्देशिका जारी गरेको छ । मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा. विकास देवकोटाले मापदण्ड पुरा गर्ने निजी प्रयोगशालालाई पनि कोरोना परीक्षण गर्ने बाटो खुलेको बताउनुभयो ।
उहाँका अनुसार निजी प्रयोगशालाले कोरोना परीक्षण गर्नका लागि मन्त्रालयसंग छुट्टै अनुमति लिन पर्नेछ । उहाँले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि आजदेखि पिसिआर प्रविधिबाट कोरोनाको परीक्षण सुरु भएकाले पिसिआरबाट कोरोनाको परीक्षणको संख्या १६ पुगेको जानकारी दिनुभयो ।
सोमबारसम्म ५२ जनामा कोरोनाको संक्रमण भएको छ जसमा १६ जना निको भएर घर फर्कनुभएको छ । प्रवक्ता देवकोटाले हालसम्म ५३ हजार ५ सय ३४ जनाको परीक्षण भएको जानकारी दिनुभयो । जसमा पीसीआर मार्फत १० हजार ४ सय ७१ र आरडीटीबाट ४३ हजार ६३ जनाको परीक्षण भएको छ । २० हजार १ सय ९५ जना क्वारेन्टानमा बसिरहेका छन् । यस्तै काठमाडौंमा ८ र बाहिर ९८ गरि १ सय ६ जना आइसोलेसनमा रहेका छन् ।
हेल्थपाटी
तपाईँको अभिमत