नेपाल औषधि उत्पादक संघद्वारा चिकित्सकलाई ज्याकेट सहयोग
काठमाडौं,१५ बैशाख । नेपाल औषधि उत्पादक संघले आज एक कार्यक्रमको बिच नेपाल चिकित्सक संघलाई चिकित्सकहरुको पहिचानको लागि ज्याकेट हस्तान्तरण गरेको छ । चिकित्सकहरुको लागि मात्र प्रयोग गर्ने र चिकित्सकहरु लाई सबैले सजिलै चिन्न सकिने गरि बनाइएको उक्त ज्याकेट्को प्रयोगले कोरोना विरुद्धको लडाइका अग्रपंक्तिमा रहेका चिकित्सकहरुको पहिचान र सुरक्षामा बिशेष सहयोग पुग्ने नेपाल औषधि उत्पादक संघका महासचिब विप्लव अधिकारीले बताउनु भयो।
केही दिन अगाडि चिकित्सकहरु माथी पहिचान नभएको कारणले भएको विभिन्न दुव्र्यवहारका घटना अब फेरि नदोहोरिउन भन्ने र चिकित्सकहरुको सम्मान र पहिचानका लागि यो छोटो र कठिन समयमा अति आबश्यक भएकाले नेपाल औषधि उत्पादकहरुले नेपाल चिकित्सक संघको सहकार्यमा उक्त ज्याकेटहरु उपलब्ध गराएको महासचिब अधिकारीले वताउनुभयो।
नेपाल उत्पादक संघका तर्फ बाट वरिष्ठ उपसभापती महेश प्रधान , उपाध्यक्ष सन्तोश बराल र महासचिब बिप्लब अधिकारीले उक्त ज्याकेट हस्तान्तरण गर्नु भएको थियो। नेपाल चिकित्सक संघको तर्फ बाट अध्यक्ष डा लोचन कार्की, महासचिब डा बद्री रिजाल, कोषाध्यक्ष डा प्रकाश बुढाथोकी लगायतको उपस्थिति थियो। नेपाल औषधि उत्पादक संघका बरिष्ठ उपाध्यक्ष सन्तोश बरालले नेपालमा उत्पादन हुने औषधिको अभाव हुन नदिन आफुहरु अहोरात्र खटिरहेको जानकारी गराउनु भएको थियो।
नेपाल चिकित्सक संघका अध्यक्ष डा लोचन कार्कीले नेपाल चिकित्सक संघ सधै सबै चिकित्सकहरुको सुरक्षा र पहिचानको लागि लडिरहेको र यो समयमा नेपाली औषधि उत्पादकहरुले गर्नु भएको सहयोगको लागि आफु, संघ र सम्पुर्ण चिकित्सकहरुको तर्फबाट धन्यवाद ज्ञापन गर्नु भयो। उहाँले भन्नुभयो,ज्याकेटहरु सकेसम्म चाडो देश भरिको चिकित्सकहरुमा पुर्याइनेछ।
तपाईँको अभिमत