कालोबजारी गरेको आरोपमा उद्योगी प्रक्राउ
काठमाडौं,१५ बैशाख । कालो बजारी गरेको आरोपमा बारा प्रहरीले उद्योगी मोहनलाल चाचान र मुन्सि सुनिल शर्मालाई प्रक्राउ गरेको छ । चाचान,परवानीपुर ४ चैनपुर बाराका नारायणी मोर्डन पल्सेल इण्डस्ट्रिजका सञ्चालक हुनुन्छ । उहाँहरु दुबैलाई कालाबजारी ऐन अन्तर्गत कारबाही गरिने बारा प्रहरीका सूचना अधिकारी डीएसपी गौतम मिश्रले जानकारी दिनुभयो ।
कोरोना भाइरस रोगको संक्रमण नियन्त्रणका लागि गरिएको लकडाउनमा कालोबजारी गरेको जनगुनसो आएपछि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्जको टोलिले अनुगमन गर्दा कालोबजारी गरेको पाईएपछि सो टोलिले कारबाहीका लागि प्रमुख जिल्ला अधिकारीलाई सिफारिस गरेको थियो । प्रक्राउ परेपछि मिल सञ्चालक चाचानले आफुलाई स्वास्थ्यमा समस्या आएको बताउनुभएपछि वयोधा अस्पतालमा उपचार भइरहेको छ । यसअघि जगदम्बा स्टील्सका प्रमुख सुलभ अग्रवाल थर्मलगनमा कालोबजारी गरेको आरोपमा प्रक्राउ पर्नुभएको थियो ।
हेल्थपाटी
तपाईँको अभिमत