लकडाउन कडा गर्न देशभर गृहको परीपत्र
अ +
अ -
काठमाडौं,१५ बैशाख । गृह मन्त्रालयले कोरोना भाइरस रोगको संक्रमण फैलिन नदिन लगाएको लकडाउनमा कडाइ गरेको छ । गृह मन्त्रालयले सोमबार सुरक्षा निकाय र ७७ वटै जिल्लाका प्रशासन कार्यालयलाई परिपत्र गर्दै पासविनाका सवारी आवतजावतमा पूर्ण रुपमा रोक लगाउन निर्देशन
पछिल्लो समय स्थानीय तहहरुले काठमाडौं उपत्यकाबाट ठूलो संख्यामा यात्रुहरु गाउँमा लाने क्रम बढेपछि लकडाउन खुकुलो भएको गुनासो आएको थियो । महानगरीय प्रहरी कार्यालय, रानीपोखरीकाअनुसार सोमबार मात्रै एक हजार १२४ जना व्यक्ति उपत्यकाबाट कारबाहीमा परेका छन् । यस्तै ६२ वटा सवारीसाधन पनि कारबाहीमा परेका छन् । गृहको परिपत्रलगत्तै प्रहरीले लकडाउन उल्लंघन गर्नेहरुलाई कारबाही थालेको छ । केही दिन यता काठमाडौंबाट घर जाने क्रम बढेको थियो ।
तपाईँको अभिमत