बच्चालाई खान मन नलाग्ने, टाउको दुखेको जस्तो भएको छ ?
कोरोना सम्बन्धि सूचना बालबालिकालाई लुकाउनु हुदैन ।
विश्व नै कोभिड नाइन्टिनले आाक्रान्त भएको बेला बालबालिकाहरु अछुतो रहेका छैनन । तर बालबालिकाका अविभावकहरुका लागि सकारात्मक पनि छ । विश्वमा विशेष गरी चीन र अमेरिकामा गरिएका अध्ययनहरुले के देखायो भने बालबालिकाहरुमा कोरोनाको जोखिम कम भएको देखाएको छ । मित्रराष्ट्र चीनमा ८२ हजार संक्रमित हुदा दुईहजार १४३ करिब साँढे दुई प्रतिशत बालबालिकाहरु १८ वर्ष मुनिका बालबालिलकाहरु संक्रमित भए । जसमा ११२ जनालाई मात्र अक्सिजन चाहिने अवस्था आयो । १३ जनालाई भेन्टिलेटर नै चाहिने अवस्था थियो ।
अमेरिकामा पनि १ दशमलब ७ प्रतिशत बालबालिकालाई कोरोनाभाइरस पोजेटिभ देखिएको छ । यो कुल जनसंख्याको अनुपातमा धेरै कम हो । बालबालिकामा लक्षण विनानै कोरोना देखिएको छ । नेपालमा १८ वर्ष कम उमेरका दुई जनामा देखिदा हाल वीरगञ्जमा उपचाररत हुनुहुन्छ । उहाँ पनि लक्षण विनाको हुनुहुन्छ तर उहाँको अवस्था पनि सामान्य रहेको छ । विशेषगरी अध्ययनहरुले केटा बच्चामा र एक वर्ष भन्दा मुनिका बालबालिकाहरुमा जोखिम उच्च हुने भन्ने देखिएको छ ।
धेरैजसो बालबालिकामा अविभावहरुद्धारा नै यो रोग सर्ने हुनाले यदि अविभावकहरुलाई ज्वरो छ भने उहाँहरुलाई संगै रहेको त्रिवि शिक्षण अस्पतालमा रिफर गर्ने गरेका छौ ।
कान्तिबाल अस्पताल त्रिवि शिक्षण अस्पतालको सेटेलाइट अस्पताल अन्र्तगत रहेको छ । यो कोरोनाको उपचार गर्ने भनेर तोकिएको अस्पतालमा पर्दैन । तर अहिले स्याटलाईट अस्पतालको रुपमा काम गरीरहेको छ । फागुनदेखि नै अस्पतालमा रहेको काम गरीरहेका छौ । त्यसले आवश्यक नीति नियम बनाउने काम गरीरहेको छ । अस्पताल नर्सिङ प्रशासकको नेतृत्वमा संक्रामक रोग नियन्त्रण गर्न इन्फेक्सन कन्ट्रोल कमिटी बनाएका छौ । उहाँले नियमित संक्रामक मुक्त गर्न काम गरीरहनुभएको छ । त्यहाँ औषधि छर्ने , सुरक्षा कबज कसरी प्रयोग गर्ने भन्ने विषयमा सम्र्पूण स्वास्थ्यकर्मीहरुलाई नियमित ओरेन्टेसन दिइरहेका छौ ।
अस्पतालको मुख्य ठाउँमा खुट्टाले चलाएर पनि स्यानिटाइज गर्न मिल्ने व्यवस्था गरेका छौ । अस्पतालको मुलद्धारमा हात धुने स्थानसंगै ज्वरोलाई स्क्रिनिङ गर्ने र स्वासप्रस्वासका बिरामीलाई छुट्टै हेर्ने ठाउँ बनाएकोले उपचार गर्दा त्यहिबाट सचेत गराइएको छ । धेरैजसो बालबालिकामा अविभावहरुद्धारा नै यो रोग सर्ने हुनाले यदि अविभावकहरुलाई ज्वरो छ भने उहाँहरुलाई संगै रहेको त्रिवि शिक्षण अस्पतालमा रिफर गर्ने गरेका छौ ।
कर्मचारीलाई संक्रमण कम होस भन्नका लागि रजिष्टर र ल्याप्चे लगाउने व्यवस्थालाई अनुहार हेर्ने बनाइएको छ । यसले गर्दा संक्रमणलाई घटाउन मद्धत गर्दछ । विश्व स्वास्थ्य संगठन, नेपाल मेडिकल काउन्सिल र स्वास्थ्य मन्त्रालयको निर्देशिका बमोजिम व्यक्तिगत सुरक्षा सामाग्रीहरु जहाँ जस्लाई आवस्यक छ त्यसलाई उपयुक्त प्रयोगमा जोड दिइरहेका छौ । हालसम्म कान्ति बाल अस्पतालमा १५ जना बच्चाहरुले ज्वरो र स्वासप्रश्वास लक्षण लिएर आउनुभएको थियो ।
उहाँहरुको स्वाब संकलन गरेर पिसिआरको लागि टेकु प्रयोगशालामा पठाएका थियौं । उहाँहरुको नतिजा नेगेटिभ आयो । अहिले सबैजना उपचार गरेर घर गइसक्नुभयो । यी मध्ये केही बच्चा भेन्टिलेटरमा पुगेको अवस्था थियो । अहिले आरडिटीबाट अस्पतालमै परीक्षण गर्न सक्ने अवस्था रहेको छ । पिसिआरको लागि टेकु पठाउने गरेका छौ । अस्पतालका नियमित विशेषत बहिरङ्ग सेवा बन्द गरिएको छैन । खोप क्लिनिकमा आइतबार , मंगलबार र बिहीबार चल्ने गर्दछ । खोप क्लिनिक पनि बन्द गरिएको छैन ।
देशैभरका बालबालिलकाहरुले खोप लगाइरहेको अवस्था छ । किनभने हामीले अझै पनि एक वर्ष भन्दा कम उमेरका बालबालिलकाहरुको उच्च मृत्युदर हुने देशमा पर्दछौ । क्यान्सर रोगको ओपिडी पनि नियमित चलाइरहेका छौ । दाँत लगायत तत्काल आवस्यक नपर्ने शल्यक्रिया मन्त्रालयको निर्देशन अनुसार बन्द गरिएको छ । मेरो विशेष अनुरोध अविभावकहरुलाई छ । अस्पतालमा दिनदिनै देखेको अविभावकहरु आफै रोलमोडल भएर बालबालिकाहहरुलाई सकारात्मक सन्देश दिने काम गर्नुपर्छ ।
सिर्जनात्मक क्रियाकलापमा लगाउन सकिन्छ । जस्तै चित्रकला गराउन , कथा भन्न , सुनाउन र पढाउन सकिन्छ ।
अस्पतालका बहिरगं विभागमा बस्दा सामाजिक दूरी कायम गरेर बस्नुपर्छ । बालबालिकालाई नियमित खोप र स्तनपान गर्ने उमेरका बच्चालाई नियमित स्तनपान गराउनुपर्छ । ६ महिनादेखि दुई वर्ष सम्मका बालबालिकालाई ठोस आहारा दिनुपर्छ त्यो अति नै महत्वपूर्ण छ । कुपोषित बालकालिकाले कुनै पनि रोगको लागि रोग प्रतिरोधात्मक क्षमता बढाउँछ सक्दैन । यसले मृत्युदरलाई समेत बढाउन सक्छ ।
यतिखेर धेरै विद्यालय बन्द छन् । धेरै अविभावक पनि घरमै छन् । घरमा रहदा खेल्ने कुरा सुरक्षित हुनुपर्छ । बाहिर हिडडुल गर्न दिन हुदैन । सिर्जनात्मक क्रियाकलापमा लगाउन सकिन्छ । जस्तै चित्रकला गराउन , कथा भन्न , सुनाउन र पढाउन सकिन्छ । बच्चाहरु मोबाइल लगायतका वस्तुमा भुल्ने हुनाले अविभावकको फुर्सद हुने हुनाले सिर्जनात्मक काममा लगाउन हुन अनुरोध गर्दछु । कोरोना सम्बन्धि सूचना बालबालिकालाई लुकाउनु हुदैन । उमेर अनुसार के बिमारी हो कस्तो, अवस्थामा सर्छ, सरसफाईमा ध्यान दिन लगाउने, भिडभाडमा जाँदा के हुन्छ भन्ने सूचना दिनसक्नुपर्छ ।
जसले गर्दा उनीहरुलाई तनाव हुदैन । यदि बालबालिलकामा उच्च ज्वरो र स्वासप्रश्वासको समस्या भएमा तत्काल स्वास्थ्य संस्थामा जानुहोला । संक्रमित हुनसक्ने व्यक्तिसंग सम्पर्क भएको थियो भने सहि सूचना दिनुपर्छ । जसले गर्दा स्वास्थ्यकर्मीले आफू सुरक्षित भएर तपाईका बच्चाको सहि उपचार गर्न सक्दछन् । कान्तिबाल अस्पतालको बहिरंग सेवा कहिल्यै पनि बन्द भएको छैन । त्यो बीचमा केही भएमा अस्पताल ल्याउन सक्नुहुनेछ । अब हामी अनलाईन टिकटको सुरुवात गर्दैछौ । अस्पतालका विभिन्न नम्बर बाट सम्पर्क गरेर सोधखोज गर्न सकिन्छ ।
तनाबले गर्दा पेट दुख्ने, खान मन नगर्ने , टाउको दुखेको जस्तो गर्ने, खान मन नलाग्ने जस्ता लक्षण छन् भने बाल मानसिक रोग विशेषज्ञ सोझै सम्पर्क गर्न सकिन्छ ।
मेडिकलको ड्युटी डाक्टरलाई ल्याण्डलाइन ०१४४२७४४९, र मोबाइल नम्बर ९८४७३८६२०५ मा सम्पर्क गर्न सकिन्छ । त्यस्तै सर्जिकल डाक्टरको लागि र फलोअपमा आउनुपर्ने बिरामीको लागि ०१४४४३१३१ र मोबाइल नम्बर ९८४७३८६१५० मा सम्पर्क गर्न सक्नुहुनेछ । यो बीचमा धेरै तनाब भएको हुनाले त्यसबेला नकारात्मक कुरा खेल्ने हुनाले अविभावकले सावधानी अपनाउनुपर्छ । तनाबले गर्दा पेट दुख्ने, खान मन नगर्ने , टाउको दुखेको जस्तो गर्ने, खान मन नलाग्ने जस्ता लक्षण छन् भने बाल मानसिक रोग विशेषज्ञ सोझै सम्पर्क गर्न सकिन्छ । बालबालिकालाई मनोसामाजिक समस्या देखिए ९८०८५२२४१० मा सम्पर्क गर्न सकिन्छ र आवस्यक परामर्श गर्न सकिन्छ । यो बेला आतकिंत होइन, सुरक्षित बन्नुपर्दछ ।
बैशाख १४ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा कान्ति बाल अस्पतालका निर्देशक डा.कृष्ण पौडेलले कोरोना नियन्त्रणका लागि कान्ति बाल अस्पतालमा भइरहेको गतिविधिको जानकारी र लकडाउनमा बालबालिकालाई ध्यान दिनुपर्ने विषयमा दिनुभएको सुझाव :
हेल्थपाटी
तपाईँको अभिमत