धरानमा एक सय बेडको कोरोना अस्पताल सञ्चालन
काठमाडौं,१५ बैशाख । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोरोना भाइरस रोगको उपचार गर्नका लागि छुट्टै अस्पताल सञ्चालनमा आएको छ । प्रदेश १ सरकारले कोरोना संक्रमितका लागि धरानमा एक सय वेडको अस्पताल सञ्चालनमा ल्याएको हो । अस्पताल निरीक्षणका क्रममा मुख्यमन्त्री शेरधन राईले प्रदेश नम्वर एकमा संक्रमण धेरै देखिएकाले उपचार र रोकथामका लागि सरकार गम्भिर रहेको बताउदै सबैजनाको साथबाट मात्रै कोरोना विरुद्धको लडाँइ जित्न सकिने बताउनुभयो।
सामाजिक विकास मन्त्री जीवन घिमिरे, प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारी, प्रदेश सांसदहरु सावित्री जोशी, उमिता वराईली, धरान उपमहानगरपालिकाका प्रमुक तिलक राई लगायतले अस्पतालको निरीक्षण गर्नुभएको छ । प्रदेश सरकारले यसअघि विराटनगरमा कोशी अस्पतालमा कोरोना उपचार केन्द्र सञ्चालन गरेको थियो हाल सो अस्पतालमा ३० जना संक्रमित उपचाररत छन् ।
हेल्थपाटी
तपाईँको अभिमत