१६ जना कोरोना संक्रमित निको भएर घर फर्किए
काठमाडौं,१४ बैशाख । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस रोग संक्रमण निदानका लागि परीक्षणको दायरा बढेको बताएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा.विकास देवकोटाले हालसम्म पीसीआरबाट ९ हजार ९ सय ३१ जनाको परीक्षण भएको छ ।
आरडीटीबाट ४१ हजार ४ सय ३६ जनाको परीक्षण भएको छ । पछिल्लो २४ घण्टामा पीसीआर र आरडीटीबाट २ हजार ९६ जनाको परीक्षण भएको छ । आज देशभर १७ हजार २५ जना मानिस क्वारेन्टाइनमा बसिरहेका छन् ।
प्रदेश नम्वर २ मा १५०० जनाको स्वाब परीक्षण गर्ने लक्ष्य राखिएकोमा हालसम्म १०२७ नमुना संकलन भएको छ । उदयपुरमा ४ सय १३ जनाको नमुना परीक्षण भएको र थप ३ सय २७ जनाको स्वाब संकलन गरि परीक्षणको क्रममा रहेको प्रवक्ता देवकोटाले जानकारी दिनुभयो । झापामा संक्रमण देखिएका बृद्दको सम्पर्कमा रहेका ५० जनाको स्वाब संकलन भएको छ ।
यस्तै रौतहटका युवा १२ औ र अन्य तीन जना संक्रमित १५ औ दिनमा आज अस्पतालबाट डिस्चार्ज भएका छन् । यो संगै नेपालमा निको भएका संक्रमितको संख्या १६ पुगेको छ । हालसम्म नेपालमा ५१ जनामा संक्रमणको पुष्टि भएको छ ।
तपाईँको अभिमत