लायन्स क्लबद्वारा सरकारलाई मेडिकल सामग्री सहयोग
अ +
अ -
काठमाडौं,१४ बैशाख । इन्टरनेशनल एसोशियसन अफ लायन्स क्लबले साँढे ५७ लाख बराबरको मेडिकल सामग्री स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सहयोग गरेको छ । क्लबका तर्फबाट लायन्स खगेन्द्र सिटौला र अनन्त भेटवालले स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई एन ९५ मास्क सहित २ हजार थान पीपीइ,बुटकभर,गाउन,फेस स्क्रिन,सर्जिकल ग्लोभ्स हस्तान्तरण गर्नुभएको हो ।
सामग्री हस्तान्तरण कार्यक्रममा स्वास्थ्यमन्त्री भानुभक्त ढकालले विपत्को बेला सबैको सहयोगको खाँचो रहेको भन्दै सहयोगका लागि धन्यवाद दिनुभयो । लायन्स सिटौला र भेटवालले राज्यलाई सहयोग गर्न पाउदा आफुहरु पनि उत्साहित र खुशी भएको बताउनुभयो ।


हेल्थपाटी
तपाईँको अभिमत